७ बैशाख २०८१, शुक्रबार
उप-प्रमुखद्धारा नगरवासीलाई धन्यवाद ज्ञापन
  • काँचुली खबर

कोहलपुर नगरपालिकाकी उप-प्रमुख सन्जु कुमारी चौधरीले आफुलाई निर्वाचित गर्न मतदान गर्ने कोहलपुर नगरपालिकाका मतदाताहरुलाई आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेकी छन । चौधरीले २०७४ असार १४ गते मतदान गरेको बिहिबारको दिन ठिक १ वर्ष पुगेको अवसरमा आफुलाई कोहलपुर नगरपालिकाको उप-प्रमुख जस्तो गरिमामय पदमा पु¥याउन गतवर्ष आजकै दिनमा मतदान गर्ने जनताप्रती आभार प्रकर समेत गरेकी छन ।
गत सालको स्थानिय तहको निर्वाचनमा अन्य सबै प्रतिस्प्रधीहरुलाई उछिन्दै चौधरी उप-प्रमुखमा निर्वाचित भएपछि आफुले नगरपालिकामा जनतालाई सेवा प्रवाह गर्ने काममा पुरै ईमान्दारी पुर्वक लागेको बताएकी छन । साथै उनले आफुलाई यस स्थानमा उ¥याउन सहयोग गर्ने आप्mनो पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरुलाई समेत धन्यवाद दिदै जनताको पक्षमा काम गर्न उत्प्रेरीत गर्न सहयोगको अपेक्षा गरेको समेत बताएकी छन ।
स्थानिय सरकार संचालन ऐन २०७४ ले दिएको अधिकार कर्तब्य र जिम्मेवारी पुरा गर्न आफु प्रतिवद्ध रहेको बताउँदै नगरपालिकालाई विकसीत र समृद्ध सहर बनाउन आप्mनो क्षमताले भ्याएसम्म सधैं लागीरहने प्रतिवद्धता समेत ब्यक्त गरेकी छन ।

  • १४ असार २०७५, बिहीबार २१:०६ प्रकाशित
  • Nabintech