१६ चैत्र २०८०, शुक्रबार
सहकारी सम्बन्धि अन्तरक्रिया सम्पन्न
  • काँचुली खबर

राष्ट्रिय सहकारी विकास बैंक कोहलपुर शाखाको आयोजनामा सहकारी बैंक र त्यस मातहतका सहकारी संघसंस्थाहरुबिच एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बिहिबार नेपालगन्जमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रमको ५ नम्बर प्रदेशका प्रदेश सभा सदस्य आई पि खरेलले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै साँसद खरेलले राजनीतिक परिवर्तनसँगै आर्थिक परिवर्तन जरुरी रहेको बताए । उनले नेपालमा ठुला राजनितिक परिवर्तनहरु भईसकेको बताउँदै सहकारी मार्फत आर्थिक परीवर्तनतर्फ लाग्न सबैलाई आग्रह गरे । उत्पादनमुलक रोजगारीमुलक कार्यक्रम मार्फत सहकारीको अवधारणलाई बृहत् रुपमा बिकास गर्दै लानुपर्नेमा खरेलले जोड दिए ।

कार्यक्रमको बारेमा जानकारी दिदै राष्ट्रिय सहकारी महासंघका संचालक तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश प्रसाद खरेलले दिगो बिकास लक्ष्य प्राप्तिकालागि सहकारीले टेवा पु¥याईरहेको बताए । देशमा आर्थिक परिबर्तनका लागि सहकारीको माध्यमबाट उद्योगको क्षेत्र र उत्पादनको क्षेत्र बिस्तार गर्नु पर्नेमा उनले जोड दिए ।
विश्वमा बिकासबादी अभियानको प्रभाव बढ्दै गएको पछिललो समयमा नेपालमा पनि सहकारी मार्फत सो अभियान अगाडी बढाई रहेको जानकारी दिदै उनले भने ‘सामुहिक उन्नतिका निमित्त युवा सहभागिता, महिला सहभागिता र महिला शसक्तिकरणका साथै रोजगारीको अबस्था सृजना गरिरहेका छौं ।’ देशैभर ३५ जिल्लामा ४४ शाखा रहेको सहकारी बैंकमा करीब १० हजार सहकारी संघ, संस्थाहरु आबद्ध रही काम गर्दै आईरहेको अध्यक्ष खरेलले जानकारी गराए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक कोहलपुर शाखाका प्रमुख प्रेम के.सी. ले बैंक ब्यबसायलाई व्यापक गराउनका लागि सरोकार वालाहरुलाई सेवा सुविधाका बारेमा जानकारी दिने उद्धेश्यले अन्तरक्रिया कार्यक्रम संचालन गरिएको बताए । बाँके जिल्ला सहकारी संघका अध्यक्ष प्रेम प्रसाद सुबेदीले बाँकेमा ४ सय ९ सहकारी संघसंस्थाबाट जनतालाई सेवा सुबिधा दिईरहेको बताउँदै ४ अरब भन्दा माथिको बित्तीय कारोबार गरेको बताए । एक अर्को प्रसङ्गमा उनले भने ‘संघीय संसदले बनाएको ऐन भन्दा बिपरीत रुपमा स्थानिय तहहरुले आफू अनुकुल ऐन बनाएर काम गरीरहेको हुँदा उनिहरुसँग सहकारी ऐनको बारेमा छलफल गर्न जरुरी छ ।’ उनले सहकारी ऐन २०७४ मा महानगरपालिकालाई १०, उपमहानगरपालिकालाई ७ र नगरपालिकालाई ५ प्रतिशत करको दायरा तोकिएको र गाँउपालिकालाई सो कर नलाग्ने ब्यबस्था गरीए पनि बजेटमा उक्त कुरा उल्लेख नगरीएकोले भ्रममा परीएको जिकिर गरे ।


कार्यक्रममा ५ नम्बर प्रदेश सभाका सभासद कृष्णा के.सी. (नमुना), बिजय कुमार यादव, राष्ट्रिय सहकारी बिकास बोर्डका संचालक सदस्य देव बहादुर केसी, राष्ट्रिय सहकारी बैंकका प्रबन्ध संचालक केबी बुढा लगाएतले सम्बोधन गरेका थिए । कार्यक्रममा बाँके जिल्ला अन्तर्गतका १ सय ५० सहकारी संस्थाका २ सय बढी सहकारीकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक संचालक सदस्य ज्ञान बहादुर तामाङले सहजीकरण गरेका थिए ।

  • १४ असार २०७५, बिहीबार १५:४९ प्रकाशित
  • Nabintech