१६ चैत्र २०८०, शुक्रबार
चौधरी ग्रुपका कारण नेपालमा ‘सन्जु’ प्रदर्शन अन्यौलमा
  • काँचुली खबर

संजय दत्तको जीवनीमा आधारित फिल्म सन्जु नेपालमा प्रदर्शन नहुने सम्भावना बढेर गएको छ । वितरक र प्रदर्शक बीच ‘विक डे’ बुधबार र बिहिबार सहुलीयतको टिकट दिने लगायतका कुरा नमिलेपछी ‘सन्जुको’ नेपाल प्रदर्शन अनिश्चित बनेको हो । राजकुमार हिरानी निर्देशित फिल्म २९ जूनमा विश्वभर रिलिज हुदैछ । फिल्ममा रणवीर कपुर संजय दत्तको भूमिकामा देखिदै छन् भने फिल्ममा मनिषा कोइराला, परेश रावल, अनुष्का शर्मा, सोनम कपुर, दिया मिर्जा लगायतको समेत अभिनय रहेको छ ।

नेपाल प्रदर्शनको राइट्स लिएका चौधरी ग्रुप र गोपीकृष्ण मुभिजले अनेकन सर्तहरु राखेपछि प्रदर्शकले फिल्म प्रदर्शन गर्न नमानेको बुझिएको छ । चौधरी ग्रुपले तोकिए भन्दा बढी पर्सेंन्टेज मागे पछी सन्जु प्रदर्शन अन्यौल बनेको हो । बुधबार चलचित्र संघमा प्रदर्शक र वितरक बीच बार्ता हुने भनीए पनि एक पक्षको अनुपस्थितिका कारण वार्ता हुन नसकेको चलचित्र संघ सम्बद्ध स्रोतले बताएको छ । आज स्थगित भएको वार्ता भोलि पुन बस्ने बुझिएको छ ।

पछिल्लो समय फिल्म बितरणमा होमिएको चौधरी ग्रुपका कारण फिल्मी वृत्तमा तरङ्ग पैदा हुन थालेको छ । सलमान खान अभिनित फिल्म रेस ३ प्रदर्शन ताका पनि झमेला निम्त्याएको चौधरी ग्रुपले पुन अर्को बखेडा खडा गरेको छ ।

  • १४ असार २०७५, बिहीबार १५:०३ प्रकाशित
  • Nabintech