६ बैशाख २०८१, बिहीबार
कोहलपुर मैदानमा ईण्डो नेपाल क्रिकेट प्रतियोगिता
  • काँचुली खबर

दाङमा संचालन भईरहेको इण्डो नेपाल क्रिकेट प्रतियोगिताको स्थान परिवर्तन गरिएको छ । दाङको लमहीमा यहि ११ गतेबाट सुरु भएको प्रतियोगिता प्राविधिक कारणले कोहलपुरमा संचालन गर्न लागिएको आयोजकले जनाएको छ ।
आजदेखि संचालन हुने प्रतियोगिता अन्तर्गत कोहलपुरको मध्यपश्चिम क्रिकेट क्लब र राजबिर क्रिकेट एकेडेमी लमहीबिच प्रतिस्प्रर्धा हुने भएको छ । आप्mनो पहिलो खेलमा राजबिरले मध्यपश्चिम बिरुद्ध जित निकाल्न सफल भएको थियो । पहिलो खेलमै हार ब्यहोरेको मध्यपश्चिमले गृहमैदानको फाईदा उठाँउदै जित निकाल्ने तयारी गरेको टिमका प्रशिक्षक होमेन्द्र क्षेत्रीले जानकारी दिए ।
प्रतियोगितामा २ बिदेशी सहित ६ टिमले सहभागीता जनाएका छन ।

  • १४ असार २०७५, बिहीबार ०४:३८ प्रकाशित
  • Nabintech