५ जेष्ठ २०८१, शनिबार
मेस्सीजस्तै बनेर २३ जना महिलासँग यौन सम्बन्ध गाँसेको आरोप !
  • काँचुली खबर

इरानका २८ वर्षका रेजा पारास्तेस ठ्याक्कै फुटबल स्टार लियोनल मेस्सी जस्ता देखिन्छन् ।

मेस्सीजस्तै देखिने भएकाले उनी रातारात सामाजिक संजाल इन्स्टाग्राममा चर्चित बने ।

सन् २०१४ देखि इन्स्टाग्राम चलाउन थालेका उनी सन् २०१७ देखि सबैले चिन्ने भए, कारण उनी मेस्सी जस्तै छन् ।

दैनिक सयौंले उनीसँग यतिबेला तस्बिर खिचाउँछन् । हाल उनको इन्स्टाग्राममा ११ लाख फलोवर छन् ।

उनका पिताले आफ्ना छोरा पारास्तेस मेस्सीजस्तै लागेपछि उनलाई मेस्सीको जर्सी लगाउन भने, कपाल र दाह्री मेस्सीकै जस्तो काट्न लगाएका थिए ।

त्यसपछि दुरुस्तै मेस्सी देखिएपछि उनको चर्चा चुलिएको हो। तर सन् २०१९ मा उनीमाथि गम्भीर आरोप लगाइयो ।

उनले मेस्सी हुँ भन्दै २३ महिलासँग ढाँटेर यौन सम्बन्ध गाँसेको समाचारहरु आए । तर इरानी प्रहरीले छानबिन गर्दैजाँदा त्यो समाचारहरु झुठो भएको पत्ता लाग्यो ।

रेजा पारास्तेसले पनि आफूले कहिल्यै महिलाहरुलाई नढाटेको स्पष्टीकरण दिएका थिए ।

  • १३ असार २०७८, आईतवार २०:०६ प्रकाशित
  • Nabintech