१३ बैशाख २०८१, बिहीबार
काँग्रेसभित्रको विवाद चुलिदै
  • काँचुली खबर

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ मा आफुहरुलाई खबर नगरी वडा भेला सम्पन्न भएको भन्दै स्थानीय बासिन्दाले पुनः वडा भेला गर्न माग गरेका छन् । बुधबार दारुल उलम बरकतिया माविमा बसेको स्थानीयको भेलाले स्थानीय बासिन्दालाई जानकारी नै नगराई वडा भेला सम्पन्न भएको जानकारी आएकाले सो भेला रद्द गरी पुनः वडा भेला गर्ने भनी सर्वसम्मतीबाट निर्णय गरिएको छ । वडा भेलामा एकसय जना भन्दा बढि स्थानीयको उपस्थिती रहेको हस्ताक्षर सहितको जानकारी सञ्चार माध्यमहरुलाई उपलब्ध गराइएको छ । वडा अध्यक्ष उज्ववल सिंह राठौर नेपाली काँग्रेसबाट निर्वाचित हुन् । तर भेलामा नेपाली काँग्रेसका नेताहरु शिवप्रसाद पाण्डे, ऋचा द्धिवेदी अनिल श्रेष्ठ लगायतको सहभागिता रहेको माइन्युट सार्वजनिक भएको छ ।

यसैगरी भेलाले हाल निर्माण गरिएको स्टिमेट अनुसार निर्माण समाग्री प्रयोग गरिदा कमसल हुने गरी एक सिमेन्टमा ७ बोरा बालुवा मिसाएर प्रयोग गरिएको भन्दै ठेकेदार र वडा अध्यक्षको मिलेमतोमा भएको कार्य छानविनका लागि उपमहानगरपालिकालाई अनुरोध गर्ने निर्णय गरेको छ । बजेट सम्बन्धमा आर्थिकबर्ष २०७४|७५ को बजेट विवरण खोली वडा भेलामा पेश गर्ने सर्वसम्मत निर्णय गरिएको छ । यसैगरी आगामी आर्थिकबर्षका लागि साविकको वडा नम्बर १४ र १५ मा ५०|५० प्रतिशत बजेट बिनियोजन गर्ने भेलाले सर्वसम्मत निर्णय गरिएको दावी गरिएको छ । यसैगरी वडा कार्यालयको भाडा महंगो भएको भन्दै स्थानान्तरणको माग गरिएको छ । भेलाको निर्णय जिल्ला प्रशसनमा पठाउने निर्णय भएको छ ।

  • १४ असार २०७५, बिहीबार ००:२३ प्रकाशित
  • Nabintech