१५ चैत्र २०८०, बिहीबार
दलितभित्र अझैपनि छुवाछुत प्रथा कायम
  • काँचुली खबर

दलित समुदायबिच हुँदै आएको आन्तरिक छुवाछुत कानुनि रुपमै सामाजिक अपराध भएको दलित समुदायका अगुवाहरुले बताएका छन । बुधबार बैजनाथ गाउपालिकामा आयोजना गरिएको एक कार्यक्तममा बोल्दै दलित अगुवाहरुले दलितले दलितमाथी गर्दै आएको भेदभाव अन्त्य हुनुपर्ने बताएका हुन ।
दलित समुदाय भित्र पर्ने पहाडी दलित समुदायका ५ जात र तराई दलितका २२ जात भित्र पनि एक आपसमा छुवाछूत बिद्यमान रहेको भन्दै वैजनाथ दलित संजालकी अध्यक्ष खगिसरा सुनारले यसको अन्त्यकालागि दलितभित्रै सचेतना आवश्यक रहेको बताईन । उनले दलित–दलित बिच हुँदै आएको आन्तरिक बिभाजनलाई रोक्नकैलागि यस्ता खालका अन्तरक्रिया कार्यक्रम आवश्यक पर्ने भएकाले १ दिने अन्तरकृया कार्यक्रम आयोजना गरिएको बताईन् ।
नेपालको संविधानले जातपात छुवाछूतलाई सामाजिक अपराध भने पनि समाजमा दलित भित्रको छुवाछूत विधमान रहनुले दलित मुक्ति आन्दोलन कमजोर हुँदै गएको भन्दै बैजानाथ गाँउपालिकाका प्रवक्ता गुमान वहादुर दमाईले बनाउने काम भन्दै यसको अन्त्यका लागि सबै एकमत भएर अघि बढ्नुपर्ने बताए ।
दलित आन्दोलनका नेता तथा पुर्व मन्त्री दल बहादुर सुनारले सार्की र कामीका बिच पानी चल्ने, भात नचल्ने, कामी सार्की र दमाईबिच पानी नचल्ने कुरीतिको अन्त्य गर्दै भात र पानी मात्र होईन् सीप संरक्षण र अवसरको रक्षाका लागि दलित समुदाय अन्तरजातिय बिवाहकालागि समेत तयार रहन आह्वान गरे । उनले दलित समुदाय भित्रको छुवाछूतलाई संरक्षण गर्ने जोकोहीलाई पनि कानुनी कठघरामा उभ्याउन र कार्वाही गर्न सुझाव दिए ।
कार्यक्रमकी प्रमुख अतिथि वैजनाथ गाँउपालिकाकी उपाध्यक्ष शारदा रेग्मी विश्वकर्माले २१ आंै शताब्दीमा विश्वको विकासक्रम आश्चर्यजनक रुपमा अगाडी बढिरहेको अवस्थामा समेत नेपालमा मान्छे भन्देउ भनेर ७ दशक संघर्ष हुनु विचित्रको परिघटना भएको उल्लेख गरिन ।
राणाशासन र राजतन्त्र अन्त्यको नेतृत्व गरेका राजनीतिक दलले जातिय छुवाछूतको अन्त्य किन गर्न सकेनन् ? उनको प्रश्न थियो । सिगो राष्ट्र समृद्धिको अभियानमा लागेको भन्दै ७० लाख दलितले श्रम र सिपका धनी दलित समुदायलाई लामवद्ध वनाउन छुवाछूत दण्ड कसुर सजाय ऐन कार्यान्वयन गर्न आवश्यक रहेको वि.क. ले जिकिर गरिन । जातपात छुवाछूत अन्त्यका लागि सडक, सदन र सरकारबाट एकसाथ अभियान थाल्नुपर्ने उपाध्यक्ष विकले बताईन् ।
बैजनाथ गाँउपालिकाको आर्थिक सहयोग तथा बैजनाथ गाँउपालिका स्तरिय दलित संजालको आयोजनमा संचालन गरिएको अन्तरकृया कार्यक्रममा बिभिन्न क्षेत्रका दलित अगुवाहरु सहभागी भएका थिए ।

  • १३ असार २०७५, बुधबार २०:३३ प्रकाशित
  • Nabintech