५ जेष्ठ २०८१, शनिबार
रोनाल्डोका कारण कोकाकोलाको शेयर मूल्य ४ अर्बले घट्यो
  • काँचुली खबर

युरो कपको प्रि म्याच कन्फ्रेन्सका दौरान हंगेरीको बुडापेस्टमा मंगलबार पोर्चुगलका कप्तान रोनाल्डोले कोकाकोलाका दुईवटा बोतल हटाएर पानी पिए । संयोग पनि कस्तो १ यस घटनापछि कोकाकोलाको शेयर मूल्य ४ अर्ब डलरले घटेको छ ।

पोर्चुगलका कप्तान स्वास्थको निकै ख्याल गर्छन् र उनी जंक फुड तथा कार्बोनेटेड सफ्ट ड्रिंक्सबाटै टाढै रहन्छन् । युरो कपका अधिकारी प्रायोजक मध्येको एक कोकाकोलाले रोनाल्डोको कदमको जवाफ दिँदै मंगलबार विज्ञप्ति नै जारी गरेको छ । जहाँ, लेखिएको छ, ‘फरक आवश्यकता र स्वादका आफुले चाहेको पेय पदार्थ पिउन जो कोही स्वतन्त्र छन् ।’

यस घटनापछि कोकाकोलाको मार्केट भ्यालु २ सय ४२ अर्ब अमेरिकी डलरबाट घटेर २ सय ३८ अर्ब डलरमा झरेको छ ।

युरो कपमा रोनाल्डोले सुरुवाती खेलमै घरेलु टिम हंगेरीविरुद्ध दुई गोल गरेका छन् । यससँगै उनको अन्तर्राष्ट्रिय गोल संख्या १ सय ६ पुग्यो । सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा उनी इरानका देई अलीभन्दा केवल ३ गोलले पछि छन् ।

  • २ असार २०७८, बुधबार २०:११ प्रकाशित
  • Nabintech