८ बैशाख २०८१, शनिबार
लघु टेलिफिल्म “नतिजा” को सम्पादन अन्तिम चरणमा
  • काँचुली खबर

यस क्षेत्रका जनताको स्वास्थ्यमा देखिएको समस्यालाई मुख्य बिषय बनाई तयार पारिएको टेलिफिल्म ‘नतिजा’ सम्पादन कार्य अन्तिम चरणमा पुगेको छ । मिडिया ल्याब प्रोडक्सन प्रा.लि. सँगको समन्वयमा नरैनापुर गाँउपालिकाले उक्त टेलिफिल्म निर्माण गरिएको हो ।
उक्त टेलिफिल्मले नरैनापुर गाँउपालिका लगाएत सम्पुर्ण बर्गलाई प्रभावकारी ढंगले चेतना दिलाउन मद्धत पु¥याउने अपेक्षा गरिएको छ । टेलिफिल्म निर्माण सम्पन्न भए पश्चात उक्त गाँउपालिकाका सम्पुर्ण वडाहरुमा प्रोजेक्टर मार्फत प्रदर्शन गर्ने योजना समेत रहेको छ ।
नरैनापुर गाँउपालिकामा शुटिङ्ग गरिएको उक्त टेलिफिल्ममा स्थानिय कलाकारहरुले अभिनय गरेका छन भने टेलिफिल्ममार्फत समाजमा रहेका सत्य, तथ्य घटनाहरुलाई उजागर गर्ने प्रयास गरिएको छ । केशबराम शर्मा र छत्रेश्वर प्रसाद शर्माले निर्देशन गरेको टेलिफिल्ममा गिता नेपाली, रमजान अन्सारी, अनिता लामिछाने, र शोभारानी श्रीबास्तबले अभिनय गरेका छन । धर्म मानन्धरको छायांकनमा तयार भएको टेलिफिल्मको सम्पादन दिनेश वलीले गरेका हुन ।

  • १३ असार २०७५, बुधबार २०:२० प्रकाशित
  • Nabintech