१४ बैशाख २०८१, शुक्रबार
यातना पीडितको सहयोगार्थ अन्तर्राष्ट्रिय दिवस मनाइयो
  • काँचुली खबर

यातना पीडितको सहयोगार्थ अन्तर्राष्ट्रिय दिवस मनाइयो यातना पीडितको सहयोगार्थ मंगलवार नेपालगन्जमा दिप प्रज्वलन र यातना पीडितलाई न्यान र क्षतिपूर्ति सम्बन्धी प्रतिवेदन जारी गरी अन्तर्राष्ट्रिय दिवस मनाईएको छ । तराई मानव अधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स) र अवधी पत्रकार संघ नेपालको संयुक्त सहकार्यमा उक्त दिवस मनाइएको हो । दिवसको अवसरमा थर्ड एलायन्सले यातना पीडितलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउन जोडदार रुपमा माँग गरिएको छ । सन् १९९७ को डिसेम्बर १२ का दिन संयुक्त राष्ट्रसंघीय महासभाको यातनापी डितहरुको सहयोगको उद्देश्यले २६ जुनलाई अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउने घोषणा गरेको थियो ।

यातनालाई पूर्णत उन्मूलन गरी यातना, अन्य क्रुर, अमानवीय वा अमर्यादित व्यवहार वा सजाय सम्बन्धी महासन्धिको प्रभावकारी कार्यान्वयन गर्ने पनि दिवसको उद्देश्य हो । दिवसका अवसरमा अधिवक्ता विश्वजीत तिवारीले संविधानले दिएको हक अधिकार पूर्ण कार्यान्वयन नभएको प्रति खेद व्यक्त गर्नु भयो । नीति नियम बनाउने व्यक्तिको नियत ठीक नरहेको उल्लेख गर्दै मानसिक यातना दिने कार्य बढ्दै गरेको बताए । अधिकाँश व्यक्तहरुले कुनै पनि व्यक्तिलाई यातना दिएर बयान गराउनु अपराध हो त्यसलाई न्यून गर्न सरोकारवालाको सहयोग आवश्यक रहेको कुरा उल्लेख गरेका थिए । थर्ड एलायन्सका आलम खानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक रवीन्द्र कर्ण, मानवअधिकार आयोग बाँकेका मानव अधिकार अधिकृत टंक खनाल लगायतले विचार राखेका थिए । कार्यक्रममा अधिवक्ता राकेश बहादुर श्रीवास्तव, अवधी पत्रकार संघका प्रहलाद विश्वकर्मा, नेपालगन्ज उप–महानगरपालिकाका २ नं. वडाका वडा अध्यक्ष सुनिल सिंह हमाल, ८ का सुरेश गुप्ता, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

 

  • १३ असार २०७५, बुधबार १९:५० प्रकाशित
  • Nabintech