१४ बैशाख २०८१, शुक्रबार
ट्राफिक ब्यबस्थापनका लागी “नो पार्किङ्ग”
  • काँचुली खबर

ट्राफिक ब्यबस्थापनका लागी बुधबार नेपलगन्जको एकदमै ब्यस्त मानिने धम्बोजी चोक देखि कारकाँदो चोकसम्म नो पार्किङ्ग लेखिएका बोर्डहरु राखिएको छ ।

नेपालगन्ज शहरकै बढि चाप हुने स्थान भएका कारण पनि यस क्षेत्रको यातायात ब्यबस्थापनकालागी पनि सो बोर्डहरु राखिएको जिल्ला ट्राफिक  कार्यालयका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र बहादुर रोकायाले जानकारी दिए ।

उनले नो पार्किङ्ग बोर्ड राखिएको ठाउमा पार्किङ्ग गरेको खण्डमा कानुन बमोजिम कारबाही गरिने पनि जानकारी दिए ।


यस्तै रोकायाले नेपालगन्जको अब्यबस्थित पार्किङ्गलाई सुधार गर्नका लागी सबै क्षेत्रको साथ र सहयोग रहनेमा आफु बिश्वस्त भएको बताएका छन । उनले भने अबका केहि महिनामै नेपालगन्ज शहरलाई ब्यबस्थित शहरको रुपमा निर्माण गर्ने र यातायात क्षेत्रमा भएको जथाभाबि पार्किङ्गलाई ब्यबस्थित रुपमा संचालन गर्ने पनि बताएका छन ।

अब्यबस्थित पार्किङ्गका कारण पनि नेपलगन्जको ट्राफिक ब्यबस्थापन गर्न समस्या भएको कारण पनि नो पार्किङ्गको बोर्डहरु राखिएको बताए ।

  • १३ असार २०७५, बुधबार १९:४१ प्रकाशित
  • Nabintech