१४ बैशाख २०८१, शुक्रबार
बाँकेका मुक्त कमलरीहरुले शोकसभा गरेर कमलरी मुक्त घोषणा दिवस मनाए
  • काँचुली खबर

सरकारले कमलरी मुक्त घोषणा गरेको ५ वर्ष पुरा भएको छ । आफु मुक्त भएको अवसरमा बाँकेका मुक्त कमलरीहरुले खुसियाली होईन शोकसभा गरेर मनाए ।
सरकारले २०७० साल असार १३ गते कमलरी मुक्तिको घोषणा गरेको थियो । असार १३ गतेका दिनलाई मुक्तकमलरीहरुले आफुहरु मुक्ति भएको दिन सम्झेर हर्ष र उल्सालका साथ मनाउने गर्दथे । तर यस पटकको मुक्तकमलरी दिवस उनिहरुले शोकसभा गरेर मनाए । केही दिन अगाडीमात्रै बर्दिया बासगढी नगरपालिका वडा नं. ४, ११ बर्षिय अस्मिता थारुको बलात्कारपछि हत्या गरिएको भन्दै आन्दोलित भएका कमलरीहरुले आफ्नो खुसीको दिनलाई पनि शोकमा मनाएका हुन ।
मुक्त कमलरी घोषणा गर्न कमलरीहरुसंग राज्यले १० बुँदे सहमती गरेको अझै कार्यान्वयन नहुँदा मुक्त कमलरीहरुले अहिलेसम्म न्याय पाउन नसकेको मुक्त कमलरी विकास मञ्चकी केन्द्रिय उपाध्यक्ष दिल कुमारी चौधरीले बताईन ।
१० बुदे सहमतिलाई सरकारले कार्यन्वयन नगर्दा कन्चनपुर, कैलाली, दाङ, बाँके र बर्दिया जिल्लाका मुक्त कमलरीहरु पुनः कमलरी बस्न बाध्य भैरहेको उनिहरुले बताएका थिए । कमलरी प्रथा प्रचलित कानुन बमोजिम निशेधित कार्य भएकोले कमलरी राख्नेलाई कारवाही र कमलरीहरुको उद्दार र पुर्नस्थापना गरियोस भन्नको लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई ज्ञापनपत्र बुझाई सकेपछि पनि राज्यले वेवास्ता गरेको चौधरीको गुनासो गरेकी थिइन ।
हालसम्म मालिकका घरमा काम गर्दा किशोरीलाई यातना दिने, क्रम नरोकिएकोले आफुहरुको गम्भीर ध्यान आकर्षण भएको मुक्त कमलरी विकास मञ्च बाँकेकी अध्यक्ष सिता थारुले बताइन । सरकारी घोषणा अनुसार बाँके लगायत अरु जिल्लामा कमलरी मुक्ति अभियानले सार्थकता पाउन सकेको छैन । मुक्ती घोषणा गरेको समयदेखि हालसम्म पनि ६ जना मुक्त कमलरीको अवस्था सार्वजनिक नगरेको र उनिहरुको अवस्था नाजुक रहेको अध्यक्ष थारुले बताउनुभयो । हाल कञ्चनपुरमा ९ सय २, कैलालीमा ३ हजार १ सय ६९, बर्दियामा २ हजार ८ सय ३८, बाँकेमा ७ सय ६३ र मा दाङमा ५ हजार १ सय ९७ गरि जम्मा १२ हजार ८ सय ६९ जना मुक्त कमलरीहरुको संख्या रहेको छ ।

  • १३ असार २०७५, बुधबार १८:२० प्रकाशित
  • Nabintech