८ बैशाख २०८१, शनिबार
सुरक्षित आवास गृह निर्माण
  • काँचुली खबर

बर्दिया / बर्दियाको गुलरिया नगरपालिकामा लैङ्गिक हिंसा र विभेदबाट पीडित भएका महिला र बालबालिकाका लागि सुरक्षित आवास गृह निर्माण भएको छ । महिला तथा बालबालिका कार्यालयले प्रदान गरेको जग्गामा सरकारबाट अनुमति प्राप्त गरी प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा दुई तल्लाको सुरक्षित आवास गृह निर्माण गरिएको हो । नवनिर्मित भवनको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले सोमवार एक कार्यक्रमवीच उद्घाटन गर्नुभयो ।  आवास गृहभित्र महिला पुरुषका लागि छुट्टै स्नानगृह, शौचालय, परामर्श कक्ष, मनोरञ्जन कक्ष, वार्डेन कक्षसहितका सुविधा निर्माण गरिएको छ । साथै, बालबालिका मैत्री खेलकुद सामाग्री र फर्निचरको समेत व्यवस्था गरिएको छ ।
प्लान इन्टरनेशनल नेपालले महिला पुर्नस्थापना केन्द्र (ओरेक) र राधाकृष्ण थारु सेवा केन्द्रको साझेदारीमा निर्माण गरेको भवनको कुल लागत १ करोड २५ लाख १८ हजार रुपैया रहेको छ । जसमध्ये ११ लाख ९८ हजार रुपैयाको फर्निचर, परामर्श कक्षको व्यवस्था, खेलकुद सामाग्री लगायतमा खर्च भएको छ ।  त्यस्तै, लैंङ्गिक हिंसा पीडितलाई मनोसामाजिक परामर्श प्रदान गर्न प्लान इन्टरनेशनल नेपालले आवास गृहमा इन्चार्जको व्यवस्था गरी तालिम समेत प्रदान गरेको छ ।  भवन निर्माण परियोजनाले जिल्लामा यौन हिंसासहितका लैङ्गिक हिंसा रोकथाम तथा महिला र किशोरीहरुको संरक्षण गर्न उनीहरुको ज्ञान र क्षमता वृद्धि गर्नुका साथै लैङ्गिक र बाल संवेदनशील संरक्षण संयन्त्रलाई मजवुत बनाउने लक्ष्य राखेको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले, एक वर्षमा सम्झौता गरेर काम पुरा गरेर हस्तान्तरण गरेकोमा सझेदार संस्थाहरु लगायत प्लान इन्टरनेशनललाई आभार प्रकट ब्यक्त गर्नु भएको थियो । कानूनी प्रक्रिया निरोपन जिल्ला वाटै हुने भएकोले सबैले स्थानिय तहले समन्वय गरि यो सेवा केन्द्र संचालन गर्न निवेदन गर्दछु । महिला हिंसा हुनुको प्रमुख कारण महिलाहरुको आफ्नो आय स्रोत नहुनु नै हो त्यसकारण लैङ्गिक हिंसा अन्त्य गर्न समै पक्षले महिलाहरुलाई आयमुलक तथा स्वरोजगार कार्यक्रम बनाउन आवश्यक छ ।
सबै सरोकारबालाले काम गरि यस जिल्लालाई लैङ्गिक हिंसा मुक्त बनाउन सकौं भन्ने अपेक्षा छ ।
प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक स्भेन कोपेन्सकोले प्लान इन्टरनेशनल नेपालले बालबालिका र उनीहरुविरुद्ध हुने हिंसा अन्त्यका लागि नेपालमा ४० बर्षदेखि काम गर्दै आएको छ । यो परियोजनाले सुरक्षित आवास निर्माणमा मात्र नभई लैङ्गिक हिंसा न्युनिकरणका लागि चेतना ल्याउन योगदान गर्नेछ ।  यो सुरक्षित आवास गृह हिंसाबाट प्रभावित भएका महिला र बालबालिकालाई सहयोग गर्न निर्माण गरिएको हो । यो भवन लैङगिक र बालबालिका मैत्री बनाइएको छ । सरकारबाट अनुमति प्राप्त गरी हामीले यो भवन निर्माणका लागि सहयोग गरेका हौं र भवन निर्माणका क्रममा महिला तथा बालबालिका कार्यालयसँग समन्वय गरिएको थियो । सो कार्यक्रममा जिल्ला स्थीत सबै कार्यलयका प्रमखहरुको उपस्थिती रहेको थियो

  • १३ असार २०७५, बुधबार १७:४७ प्रकाशित
  • Nabintech