७ बैशाख २०८१, शुक्रबार
मुग्लिङ हुँदै नारायणागढ जाँदै हुनुहुन्छ रु ३४८४८ मा एसएमएस गर्नुस्, बाटोबारे थाहा पाउनुहोस्
  • काँचुली खबर

चितवन/ के तपाईं मुग्लिङ हुँदै नारायणगढ वा त्यसभन्दा पर जाँदै हुनुहुन्छ रु तर, बाटो कतिबेला खुल्छ वा बन्द हुन्छ भन्ने समाचार आएर चिन्तित हुनुहुन्छ रु त्यस्तो हो र तपाईं आफैंलाई मुग्लिङ–नारायणगढबाटो हुँदै कतै जानुहुँदैछ भने अब यसको अवस्थाबारे थाहा दिन एसएमएस सेवा सुरु भएको छ ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले स्थानीय कालिका टिभी र रेडियोसँगको सहकार्यमा मंगलबारदेखि एसएमएस सेवा शुरु गरेको हो । चितवनका ट्राफिक प्रमुख वेदप्रसाद गौतमका अनुसार एसएमएस सेवाबाट मुग्लिङ, नारायणगढ क्षेत्रका हरेक सूचना उपलब्ध हुनेछन् ।

सुचना लिनका लागि मोबाइलको म्यासेज बक्समा गएर एनएमटी टाईप गरी ३४८४८ मा एसएमएस गर्नु पर्ने हुन्छ ।

  • १३ असार २०७५, बुधबार १०:१३ प्रकाशित
  • Nabintech