६ जेष्ठ २०८१, आईतवार
कोहलपुरमा अबैध रासायनिक मल भेटियो
  • काँचुली खबर

बाँकेको कोहलपुरमा २ लाख ९८ हजार ६ सय मुल्य बराबरको अबैध रासायनिक मल भेटिएको छ । बजार अनुगमनलाई तिव्रता दिँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जले सोमबार अनुगमनका क्रममा कोहलपुर क्षेत्रमा १ सय ७६ बोरा सायनिक मल फेला पारेको हो ।

बिक्री अनुमति नलिइ बिक्रिकालागि राखिएको ठुलो परिणामको रासायनिक मल भेटिएपछि बिक्रिबितरणमा रोक लगाईएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका सूचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिए । साथै सात दिन भित्र उक्त मल फिर्ता गरेको प्रमाण कार्यालयमा पेश गर्न समेत निर्देशन दिईएको चौलागाईले बताए ।

अनुगमनकै क्रममा किसानहरूले प्रयोग गर्न नमिल्ने तथा उपभोग्य म्याद समाप्त भएका करिब ६ हजार भन्दा बढी मुल्य बराबरको विभिन्न तरकारी लगायतको बिउबिजन समेत नष्ट गरिएको छ ।

अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्ण प्रसाद पौड्याल, कोहलपुर नगरपालिकाका वीर बहादुर बि.के. र तिलक प्रसाद आचार्य, कृषि ज्ञान केन्द्रका दिनेश प्रसाद भट्टराई लगायतको सहभागिता रहेको थियो । किसान आवाजबाट

  • २५ जेष्ठ २०७८, मंगलवार ०९:०३ प्रकाशित
  • Nabintech