१६ चैत्र २०८०, शुक्रबार
थवाङमा पुग्यो फ्रि वाइफाइ, रोल्पाभरि यसरि हुँदै छ विस्तार
  • काँचुली खबर

सरकारले रोल्पाको थवाङ गाउँपालिकामा अत्याधुनिक इन्टरनेटमार्फत ‘फ्रि वाइफाइ’ सुविधा पु¥याएको छ । नेपाल सरकार, नेपाल दूरसञ्चार प्राधिकरण ग्रामीण दूरसञ्चार शाखाले दिएको जिम्माअनुसार वल्र्ड लिंक कम्युनिकेशनले थवाङमा इन्टरनेट पु¥याएको हो ।

कर्णाली प्रदेशका दशवटै जिल्ला र प्रदेश नम्बर ५ का दुई जिल्ला रुकुम पूर्व र रोल्पामा इन्टनरेट पु¥याउने जिम्मेवारी पाएको यो कम्पनीले पूर्वी रुकुमको रुकुमकोट हुँदै भर्खरै थवाङमा इन्टरनेट पु¥याइएको वल्र्ड लिंक कम्युनिकेशनका क्षेत्रीय प्रविधि प्रबन्धक राजेन्द्र बिष्टले जानकारी दिए। सोपा बलाङजाको डाँडामा टावर राखेर इन्टरनेट जडान गरेको उनले बताए ।

यो सँगै पूर्वी रुकुमको रुकुमकोटमा पनि इन्टरनेट जडान गरिसकिएको छ । यो कम्पनीले रोल्पाका लिवाङ, सुलीचौर, रुन्टीगढी, त्रिवेणी आदिमा इन्टरनेट जडान गरिएको भए पनि उत्तरी रोल्पामा पहिलोपटक थवाङमा इन्टरनेट पु¥याइएको हो ।

थवाङ गाउँपालिका, वडा नम्बर १ र २ तथा स्थानीय विद्यालय र स्वास्थ्य चौकीमा दुइ बर्षसम्म निशुल्क वाइफाइ सुविधासहित इन्टरनेट जडान गरिएको छ ।

कम्पनीले पूर्वी रुकुमका सबै वडा र रुकुम पश्चिमका सबै वडा तहसम्म चाँडै सेवा पु¥याउने तयारी गरेको छ । पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकाअन्तर्गत वडा नम्बर २ को कार्यालय र सिमु्रतु मावि तथा स्वास्थ्य चौकीमा जडान गरिससिकएको जानकारी दिंदै बिष्टले अब मुसीकोट नगरपालिकालगायतमा चाँडै इन्टनरेट जडान शुरु गरिने जानकारी दिनुभयो ।

अहिले १२ वटै जिल्लामा टावर निर्माणको काम भइरहेको छ । सबै ठाउँमा गरी १ सय ६० वटा टावर निर्माण गर्नुपर्नेमा अहिलेसम्म ३० वटा टावर सञ्चालनमा आइसककेको बिष्टले जानकारी दिनुभयो । प्रशिद्ध स्थल स्वर्गद्वारी, रारालगायतका स्थानमा इन्टरनेट पुगिसकेको छ । कम्पनीले २०७५ असारसम्म ५० प्रतिशत ठाउँमा सेवा पु¥याउने लक्ष्य लिएको छ ।

अहिले सरकारी कार्यालयमा इन्टरनेट सेवा दिन युद्धस्तरमा जुटेको वल्र्डलिंकले साउनपछि स्थानीयवासीलाई पनि शुल्क लिएर सेवा दिने तयारी गरेको छ ।

  • १२ असार २०७५, मंगलवार १९:१४ प्रकाशित
  • Nabintech