१४ बैशाख २०८१, शुक्रबार
शिक्षण अस्पताल कोहलपुरमा ब्रहमलुट
  • काँचुली खबर

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिरामी ठगिने क्रम बढेको छ । उपचारका लागि टाढा–टाढाबाट आउने बिरामीहरुलाई विभिन्न प्रलोभन देखाई ठगि गर्ने गिरोह अस्पतालभित्रै परिचालित हुने गरेको तथ्य खुल्न आएको छ । अस्पतालमा दैनिक ४ सय बढि संख्यामा बिरामीहरु उपचारकालागि आउने गरेका छन । यसरी आउने बिरामीहरुलाई सहुलियत दिने नाममा ठगि गर्ने गिरोह सक्रिय छ ।

मेडिकल सन्चालक, होटल सन्चालक देखि यातायात सन्चालक सम्मले अस्पताल भित्र एजेण्ट नै राखेर विरामीहरुलाई ठगिरहेका छन । अस्पताल प्रशासनका एक कर्मचारीका अनुसार बिहान १० बजे देखि रातीको ९ बजे सम्म दलालहरु विरामी ठग्नमा सक्रिय हुन्छन् । ति दलालहरुले चिनेजानेको जस्तै गरेर उपचारमा सघाएजस्तो गर्दै सहुलियतको नाममा ठग्ने गरेको बुझिएको छ । श्रोतका अनुसार दशविगाह क्षेत्रमा रहेका अधिका“श औषधी पसलहरुले अस्पताल भित्र एजेण्ट नै राखेर विरामी ठगिरहेका छन ।

नेपाल सरकारले अस्पताल परिसर भित्रै फामेर्शी राखेर औषधी वितरण सुरु गरेपनि अधिकाशं सोझा विरामीहरुलाई नीजि मेडिकलमा लगेर सहुलियतको बहानामा ठग्ने गरेको पाइएको छ । उनीहरुले जुम्ला, हुम्ला जाजरकोट, सल्यान घर भएकालाई सबैभन्दा धेरै र अलि नजिक जिल्लाहरुका विरामीहरुलाई अलि कम ठग्ने गरेको जाजरकोट खंलगाबाट बुबाको उपचार गराउन आएका दिपक शाहीले दुखेसो पोखे । शाहीले भने “हुलिया हेर्छन, अलि पहाड तिरका जस्तो ठाने भने धेरै पैसा लिन्छन् ।”

औषधिपसलका अलावा अस्पताल जिकै रहेका होटलहरुले समेत बिरामीहरुलाई अप्ठेरोमा पार्ने गरेको अधिकाशंको गुनासो छ । उनीह्रुले कोठा भाडामा दिने बहानामा समेत विरामीहरुलाई दैनिक रुपमा ठगिरहेको बुझिएको छ । अस्पताल भित्र यातायतका साधन सहुलियत दरमा पाइन्छ भन्नेहरुको पनि बाक्लो उपस्थिति हुने गरेको छ ।

यी सबैको काम सफल पारिदिए वापत दलालहरुले मासिक रुपमा डाक्टरहरुलाई कमिशन समेत दिने गरेको खुल्न आएको छ । यसरी दिनहु ब्रहमलुट भइरहँदा सरोकारवाला निकाय भने मौन छ ।

  • १२ असार २०७५, मंगलवार १५:४० प्रकाशित
  • Nabintech