१९ बैशाख २०८१, बुधबार
३१ औं लागू औषध दुरुपयोग बिरुद्धको प्रभातफेरी सम्पन्न
  • काँचुली खबर

‘स्वास्थ्य सबल र सम्बृद्द्ध नेपालको प्रतिबद्धता : लागू औषध अपराध बिरुद्धको ऐक्यबद्धता’ भन्ने नाराका साथ मंगलबार ३१ औं लागू औषध दुरुपयोग तथा अबैध ओसार पसार बिरुद्धको अन्तर्राष्ट्रिय दिबस मनाईदै छ ।
विश्वभर एकैसाथ मनाईने यस दिवस नेपालमा समेत विभिद कार्यक्रम गरि मनाईदै छ । यसै क्रममा बाँकेको नेपालगन्जमा दिवसकै अवसर पारेर प्रभातफेरी गरिएको छ ।
स्थानीय गणेशमान चोक देखि शुरु भएको प्रभातफेरीमा प्रमुख जिल्ला अधिकारी रमेश बहादुर के.सीसँगै नेपाल प्रहरी, शसस्त्र प्रहरी, सरकारी कार्यालयका प्रमुख, होटेल ब्यबसायी, खेलाडी, विद्यार्थी लगाएतको उपस्थिति रहेको थियो ।
लागू औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिबस मूल समारोह समिती बाँकेको आयोजनामा गरिएको प्रभातफेरिको धम्बोझी चोक पुगेर समापन गरिएको थियो ।

  • १२ असार २०७५, मंगलवार ०७:५२ प्रकाशित
  • Nabintech