६ जेष्ठ २०८१, आईतवार
वैदेशिक रोजगारबाट फर्किएर व्यवसायीक भैसीपालन गर्दै खड्का
  • काँचुली खबर

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ का पिम बहादुर खड्का रोजगारीको सिलसिलामा ७ वर्ष मलेसिया बसे । निकै लामो समय प्रवासमा बसेर नेपाल फर्किएका खड्काले नेपालमै बसेर कृषि क्षेत्रमा काम गर्ने सोच बनाए । विगत १ वर्ष देखि खड्का दम्पतीले करिब ८ लाखको लागतमा लिला भैंसी फार्म स्थापना गरेर व्यवसायीक भैंसी पालन सुरु गरेका छन ।

सुरुमा ५ वटा भैंसीबाट व्यवसायीक भैसीपालन सुरु गरेका खड्का दम्पतीले हाल ३५ देखि ४० लिटर दुध उत्पादन गर्दछन भने आफैंले दूध संकलन केन्द्र संचालन गरेर दैनिक ८० देखि ९० लिटर दुध बजारमा पुर्‍याउने गरेका छन ।

भैसीपालन व्यवसायबाट मासिक ३५ देखि ४० हजारसम्म आम्दानी हुने गरेको खड्का बताउछन् ।
बिदेशमा बसेर सधैं पसिना बगाउनु भन्दा स्वदेशमै बसेर कृषि क्षेत्रमा काम गर्ने सोच बनाएर भैंसी पालन सुरु गरेको हुँ, मेरो व्यवसायमा मेरी श्रीमती लिलाले निकै सहयोग पुर्‍याएकी छिन खड्काले भने ।

भैसीको आहाराका लागि खड्काले ९ कठ्ठामा घाँस खेती गरेका छ्न । अहिलेसम्म कतैबाट कुनै किसिमको सहयोग प्राप्त नभएको बताउँदै खड्काले स्थानीय सरकारले व्यवसायीक रूपमा पशुपालन गर्ने किसानहरुका लागी तालीम, प्राविधिक सेवा अनुदान लगायतका कुरामा जोड दिन सकेमा थप हौसला प्राप्त हुने उल्लेख गरे ।

आगमी दिनमा आफ्नो ब्यवसायलाई थप ब्यवस्थित गर्ने सोचमा रहेका खड्काले भैसीको संख्या बढाएर स्थानीयलाई रोजगार दिने योजना समेत बनाएका छन ।

  • १२ जेष्ठ २०७८, बुधबार १०:३७ प्रकाशित
  • Nabintech