उपप्रधानमन्त्री एबं स्वास्थ्य तथा जनसँख्या मन्त्री उपेन्द्र यादबले नेपालगन्जको भेरी अञ्चल अस्पताललाई प्रादेशीक अस्पताल बनाउने बताउनुभएको छ । नेपालगन्जको समुदघाटन गदै मन्त्री यादबले नेपालगन्जको भेरी अञ्चल अस्पताललाई स्तरबृद्धि गरी शैया थप गर्न मन्त्रालयले सहयोग गर्ने बताउनुभयो । १ सय ५० शैया रहेको भेरी अञ्चल अस्पताललाई ५ सय शैया सम्म पु¥याउन मन्त्रालयले सहयोग गर्ने बताउँदै मन्त्री यादबले भेरी अञ्चल अस्पताललाई अञ्चल अस्पतालमा मात्रै सिमित नराखेर प्रदेश स्तरीय अस्पताल बनाईने उदघोष गर्नुभयो ।
![](https://kanchulikhabar.com/wp-content/uploads/2018/06/vlcsnap-2018-06-25-17h03m55s45-1024x576.png)
मन्त्री यादबले भेरी अञ्चल अस्पतालले मध्य तथा शुदुरपश्चिमका २४ जिल्लाका सेवाग्राही मात्र नभएर भारतका केही जिल्लाका सेवाग्राहीलाई पनी सेवा दिईरहेको बताउँदै भेरी अञ्चल अस्पतालको बिकासका लागी स्वास्थ्य मन्त्रालय ले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । स्वास्थ्य सेवा पाउने नागरिकको नैसर्गिक अधिकार रहेको बताउँदै मन्त्री यादबले देशका हरेक नागरिकलाई स्वास्थ्य सेवा पु¥याउनका लागी मन्त्रालय लागी पर्ने बताउनुभयो । जनशक्ति संगै श्रोत साधनको अभाबमा पनी भेरी अञ्चल अस्पतालले जनतालाई सहज र सरल सेवा दिइरहेको प्रति आभार ब्यक्त गर्नुभयो ।उहाँले अस्पताललाई आधुनिक प्रयोगशाला र बिशेषज्ञ चिकित्सकको आबस्यकता रहेको बताउँदै ति सबै आबस्यक्तालाई बिस्तारै पुरा गर्दै लगीने बताउनुभयो ।
![](https://kanchulikhabar.com/wp-content/uploads/2018/06/vlcsnap-2018-06-25-17h04m15s243-1024x576.png)
भेरी अञ्चल अस्पताल निकै पुरानो अस्पताल भएकोले अस्पतलाई पुनः निर्माणका लागी पनी प¥यास अघी बढाईने दाबी गर्नुभयो । यस्तै कार्यक्रममा बोल्दै शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले भेरी अञ्चल अस्पतालको स्तर उन्नतीको लागि थप पहल गर्ने बताउनुभएको छ । उनले भने ‘‘२४ जिल्लाकै ठुलो अस्पताल भेरी अञ्चल अस्पतालमा पश्चिम नेपालकै ठुलो सुविधा सम्पन्न अस्पतालमा छिमेकी मुलुक भारतबाट समेत उपचार गर्न आउने गरेका छन ।’’ ९० बर्ष पुरानो भवन जिर्ण रहेको हुनाले यसलाई पुननिर्माणका लागि थप पहल गर्ने उहाँले बताउनुभयो । राजधानी पछिको सवैभन्दा पुरानो र ठुलो भेरी अस्पतालमा विरामी चापले यस क्षेत्रकै सुविधा सम्पन्न अस्पतालको रुपमा परिचित रहेको अस्पताललाई किन स्तर उन्नतीको लागि पहल नगर्ने उहाँले भन्नुभयो ।
११ असार २०७५, सोमबार १७:०७ प्रकाशित