४ बैशाख २०८१, मंगलवार
शुसील कोईराला प्रखर क्यान्सर अस्पतालद्धारा बहिरङ्ग सेवा सुरु
  • काँचुली खबर

बाँकेको खजुरामा रहेको  क्यान्सर अस्पतालले बहिरङ्ग सेवा सुरु गरेको छ ।
सरकारबाट १०० शैयाको मान्यता पाएको अस्पतालले पहिलो चरण अन्र्तगत ५९ शैयाबाट आफ्नो सेवा सुरु गरेको हो । अस्पतालको सोमवार औपचारिक उद्घघाटन गर्दै उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले क्यान्सर अस्पताललाई सुविधा सम्पन्न बनाउन सरकारले पहल गर्ने बताउनुभयो । उहाँले सरकारले अस्पताललाई हाल दिँदै आएको बजेटमा आगामी बर्षदेखि थप गर्ने घोषणा गर्नुभयो ।

क्यान्सर अस्पताल सञ्चालनमा आएपछि प्रदेश पाँच, कर्णाली प्रदेश र प्रदेश सातका क्यान्सरबाट पीडित विरामीहरुलाई उपचारका लागि भारत तथा चितवन जानु पर्ने बाध्यता टरेको छ । सोही कार्यक्रममा बोल्दै शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले पश्चिम नेपालको क्यान्सर पिडितलाई अव बाहिर जान नपर्ने गरि सेवा सुविधा प्रदान गरिने बताउनुभयो ।  यस क्षेत्रको मात्र नभइ भारतको नागरिक समेत खजुरा स्थित क्यान्सर अस्पतालमा सेवा लिन आउने उहाँले बताउनुभयो । २०६५ साल माघ ११ गते देखी धनधान्यन्चल ज्ञानमहायज्ञबाट प्राप्त रकमले अस्पताल निर्माण कार्य सुरु गरिएको थियो । त्यसपछि सरकारले पनि बजेट उपलब्ध गराउन थालेपछि अस्पताल निर्माण सम्भव भएको हो ।

अस्पताल निर्माणमा ३५ करोड खर्च भइसकेको अस्पतालका अध्यक्ष किष्मतकुमार कक्षपतिले बताउनुभयो । चालू आर्थिक वर्षका लागि सरकारले थप १८ करोड बजेट छुट्याएको छ । अस्पतालमा दुई जना अको सर्जन, दुई मेडिकल अफिसर, नर्सिङ इन्चार्ज, आठ जना स्टाफ नर्ससहित २७ जनाको दरबन्दी लोकसेवा आयोगबाट पूर्ति गरेको प्रबन्ध निर्देशक डा. विश्वराम पौडेलले बताउनुभयो । क्यान्सर अस्पतालले थप ११ जना कर्मचारी ‘आउट सोर्सिङ’बाट भर्ना गरेको अस्पताल विकास समितिका अध्यक्ष कक्षपतिले जानकारी दिनुभयो । अस्पतालमा ल्याब, एक्सरे मेसिन, अत्याधिक अपरेशन थियटर, एम्बुलेन्स लगायतका सेवाहरु उपलब्ध रहेका छन् ।

  • ११ असार २०७५, सोमबार १६:५८ प्रकाशित
  • Nabintech