६ बैशाख २०८१, बिहीबार
मध्यपश्चिमको टिम दाङ प्रस्थान
  • काँचुली खबर

दाङको लमहीमा सुरु भएको इण्डो नेपाल क्रिकेट प्रतियोगितामा भाग लिन मध्यपश्चिम क्रिकेट क्लबको टोली त्यसतर्फ प्रस्थान गरेको छ । सोमबार अजय शाहनीको कप्तानीमा विनायक गिरि, भिम सार्की, सुजित आचार्य, दिपेन्द्र रावत, यश हमाल, समान्त शाही, लभकुश यादव, सौगात रानाभाट, आशिष राना, सन्दीप नेपाली, सुमन डाँगी र शिव डाँगी सम्मीलीत मध्यपश्चिमको टोली दाङ प्रस्थान गरेको टिमका प्रशिक्षक होमेन्द्र क्षेत्रीले जानकारी दिए ।
सोमबारदेखि लमही क्रिकेट मैदानमा सुरु भएको प्रतियोगितामा २ बिदेशी टिम सहित ६ टिमले सहभागीता जनाएका छन । प्रतियोगिता अन्तर्गत मंगलबार मध्यपश्चिमको टिमले राजबिर क्रिकेट एकेडेमी लमहीसँग प्रतिस्प्रर्धा गर्ने टिम प्रशिक्षक क्षेत्रीले बताए ।

  • ११ असार २०७५, सोमबार १५:३८ प्रकाशित
  • Nabintech