२१ बैशाख २०८१, शुक्रबार
लकडाउन‍मा कडाई गर्न सेना परिचालन
  • काँचुली खबर

फाइल तस्बिर
सुनसरीमा कोरोना संक्रमितको संख्या अत्याधिक पुगेपश्चात स्थानीय प्रशासनले जेठ १५ गतेसम्म जिल्ला भर पूर्ण लकडाउन घोषणा गरेको छ । यस अगाडि लकडाउनमा सर्वसाधारणले खासै चासो नराखेपश्चात सुनसरीमा शनिवारदेखि नेपाली सेना परिचालन गरिएको छ ।
सुनसरीमा लकडाउन कडा बनाउन शनिबारदेखि नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए । सुनसरीको धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका र सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकामा सेना परिचालन गरिएको उनले बताए ।
लकडाउन नियन्त्रणमा जनपथ र सशस्त्र प्रहरी परिचालन गर्दासमेत सुरक्षाकर्मीहरुको संख्या कम देखिएकाले आवश्यकताअनुसार तीनवटा स्थानीय तहमा सेना परिचालन गर्नुपरेको प्रजिअ ढकालको भनाई छ । लकडाउन नियन्त्रण गर्न परिचालन गरिएका सेनाका जवानहरुले रचनात्मक तरिकाले लकडाउन नियन्त्रणको काम गर्ने पनि प्रजिअ ढकालले बताए ।
सेनाले धरान, इटहरी र इनरुवामा मूख्य बजार क्षेत्र, अति भीड हुने स्थान र राजमार्गमासमेत नियमित गस्ती गर्ने बताइएको छ । यस अगाडि बैशाख ३१ गतेसम्म गरिएको लकडाउनमा सुनसरीका धरान, इटहरी र इनरुवाका बासिन्दाले लककडाउनलाई पूर्ण पालना नगरेपश्चात जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सेना परिचालन गर्ने निर्णय गरिएको प्रजिअ ढकालले बताए । जेठ १५ सम्म गरिएको पूर्ण लकडाउनमा मेडिकल, एम्बुलेन्स र अतिआवश्यकबाहेकका सबै सेवा बन्द गर्ने गरिएको छ ।
पूर्ण लकडाउनको समयमा जो कसैबाट उलघंन गरिए संक्रमण ऐन अनुसार पक्राउ गरी कार्वाहि गर्न प्रहरीलाई निर्देशनसमेत दिएको प्रजिअ ढकालले बताए । उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष गिरीधारी सापकोटाले स्थानीय प्रशासनको आग्रहलाई मध्यनजर गर्दै पूर्ण लकडाउनको समयमा सुनसरीका सबै बजार, पसल, उद्योग, कलकारखाना सबै बन्द गरिएको बताए ।
अन्नपूर्ण पोष्टबाट

  • १ जेष्ठ २०७८, शनिबार ०९:३७ प्रकाशित
  • Nabintech