२६ बैशाख २०८१, बुधबार
जनमोर्चाद्वारा गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
  • काँचुली खबर

गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन राष्ट्रिय जनमोर्चाले फिर्ता लिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार पदबाट राजीनामा दिएपछि जनमोर्चाले उनको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

यही वैशाख १ गते जनमोर्चाको केन्द्रीय बैठकले गण्डकी र लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि गण्डकीमा गुरुङ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थिएन ।

जनमोर्चाले प्रदेशसभा सचिवालयमा आइतबार समर्थन फिर्ता गरिएको पत्र दर्ता गराएको सचिवालयले जनाएको छ । यही वैशाख १२ गते बसेको जनमोर्चाको संसदीय दलको निर्णयानुसार विश्वासको मत फिर्ता लिइएको सचेतक पियारी थापाले बुझाएको पत्रमा उल्लेख छ । प्रदेशसभामा जनमोर्चाका तीन जना सांसद रहेका छन् ।

  • २७ बैशाख २०७८, सोमबार १४:४० प्रकाशित
  • Nabintech