२५ बैशाख २०८१, मंगलवार
दिपक मनाङ्गेको मन्त्री पद १० दिनमै गुम्यो
  • काँचुली खबर

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको राजीनामासँगै १० अगाडि मन्त्रीमा नियुक्त भएका राजीव गुरुङ (दिपक मनाङे) को मन्त्री पद खुस्किएको छ । उनी यही वैशाख १६ गते गण्डकीको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री गुरुङले पछिल्लो समय आफ्नो पद धरापमा परेपछि मनाङ्गेलाई रोक्नका लागि सामाजिक विकास मन्त्रालय टुक्राएर खेलकुद मन्त्री बनाएका थिए । तर, मुख्यमन्त्री गुरुङले आफु विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्तावमा मतदान हुनुभन्दा अघिल्लो दिन राजीनामा दिएपछि मनाङ्गेको मन्त्री पद गुमेको हो ।

मनाङ्गे स्वयंले आफू दुइ साता मन्त्री रहने निश्चित हुँदाहुँदै पनि छोटो समयमा सिस्टम बसालेर छाड्नका लागि मन्त्री बनेको प्रतिक्रिया दिएका थिए । मन्त्री बनेको १० दिनमै मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि उनी पनि काम चलाउ भएका छन् । मनाङ्गेले आफ्नो जिल्लावासीको आग्रहअनुसार मुख्यमन्त्री गुरुङलाई रोज्नुपर्ने बाध्यता भएको बताउँदै आएका थिए । उनले अब सत्तापक्षीय एमालेलाई दिएको साथ कायम राख्छन् वा नयाँ सरकार बनाउने दललाई समर्थन गर्छन् हेर्न बाँकी छ ।

  • २६ बैशाख २०७८, आईतवार २०:२२ प्रकाशित
  • Nabintech