१६ चैत्र २०८०, शुक्रबार
पत्रकार महासंघका अध्यक्ष कारागार चलान
  • काँचुली खबर

यौन शोषणको आरोपमा पक्राउ परेका नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष गणेश विक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
जिल्ला अदालत रुकुम (पश्चिम) का न्यायाधीश काजीबहादुर राईको एकल इजलासले आईतबार उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको जिल्ला अदालतका श्रेष्तेदार तेजप्रसाद पौडेलले जानकारी दिए । विकलाई त्रिवेणी गाउँपालिकाकी एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा गत जेठ २२ गते प्रहरीले पक्राउ गरेको थियो । आफूलाई जबरजस्ती करणी गरेको भनी ती युवतीले प्रहरीमा उजुरी दर्ता गरेपछि विकलाई पक्राउ गरिएको थियो ।

 

साभार : जनता समाचार

  • १० असार २०७५, आईतवार १९:५४ प्रकाशित
  • Nabintech