१५ चैत्र २०८०, बिहीबार
खजुरा गाउँपालीकाको गाउँसभा सुरु
  • काँचुली खबर

खजुरा गाउँपालीकाले ५९ करोड ९४ लाख १७ हजारको बजेट बिनियोजन गरि गाउँसभा सम्पन्न गरेको हो । गाउँसभामा निति तथा कार्यक्रम सार्बजनीक गर्र्दै खजुरा गाउँपालीकाका अध्यक्ष किस्मत कुमार कक्षपतीले कृषी उपज बिक्रीका लागी ब्यवस्थित कृषी हाटबजार ब्यवस्था गर्ने, कृषकहरुलाई अनुदान तथा प्रोत्साहन, कृषि बिमा, पशु बिमा लगाएतका बिषयलाई निति तथा कार्यक्रममा समेटिएको बताए ।

गाउँपालीका भित्रका सडकहरु क्रमीक रुपमा स्तरउन्नती गर्दै लाने र हरेक सडकका दायाँबायाँ पक्कि नाली निर्माण गर्ने, साबिकका बस्तिका साना बाटाहरुमा एम्बुलेन्स र दमकल पुग्न सक्ने गरी कम्तीमा ४ मिटरको सडक बनाईने पनी निति तथा कार्यक्रममा समाबेश गरिएको छ । अध्यक्ष कक्षपतीले गाउँसभामा आर्थिक बर्ष २०७५|०७६ का लागी ५९ करोड ९४ लाख १७ हजारको बजेट प्रस्ताब गरे ।
खजुरा गाउँपालीकालाई शैक्षिक हबको रुपमा बिकास गर्ने गरि खजुरा गाउँपालीकालाई पुर्ण रुपमा साक्षर बनाईने, बिद्यालयलाई शान्ति क्षेत्र र हटताल निषेधित क्षेत्र बनाईने, खजुराको प्राथामिक स्वास्थ्य केन्द्रलाई स्तरउन्नती गरि बिषेशज्ञ सेवा सहितको १५ शैयाको अस्पताल बनाउन पहल गर्ने, जेष्ठ नागरिकहरुलाई भलाकुसारी गर्ने खुसीयाली घर (हेप्पी होम) स्थापना गर्ने निति तथा कार्यक्रममा समाबेश गरिएको छ ।

  • १० असार २०७५, आईतवार १८:१९ प्रकाशित
  • Nabintech