लागुऔषध, दुर्ब्यसन तथा ओसारपसार विरुद्ध : वडा कार्यालय
  • काँचुली खबर

‘नागरिक सुरक्षा हामी सवैको सरोकार, सूचना नै सुरक्षाको आधार’ भन्ने मुल नाराका साथ प्रहरीले लागु औषध दुर्ब्यसन विरुद्ध टोल टोलमा अभियान थालेको छ ।

वडा प्रहरी कार्यालय नेपालगन्ज र स्थानियवासीहरुको अगुवाईमा नेपालगन्ज नगरको विभिन्न टोल टोलमा आइतवार नेपालगन्जको सेतुविक चोकदेखि न्युरोड, बसपार्क हुदै पुष्पलालचोकसम्म र्याली गरि सचेतना फैलाईएको थियो । साथै स्थानिय व्यवसायी, बटुवाहरुलाई पम्प्लेट वितरण पनि गरिएको थियो । यो अभियानलाई निरन्तरता दिने र स्थानिय नागरिकलाई सचेत गराउने उद्देश्यका साथ टोल टोलमा लागुऔषध दुर्ब्यसनको अभियान चलाएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरिक्षक नारायाण डाँगीले बताए ।

लागु औषध सेवन कदापी नगरौं, अरुलाई पनि सेवन नगर्न अनुरोध गरौैं जस्ता जनचेतनामुलक प्रचारप्रसार लेखिएको पम्प्लेट पनी वितरण गरिएको थियो । कार्यक्रमलाई तिव्रता दिन अभियानलाई निरन्तरता दिईने वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ ।

  • १० असार २०७५, आईतवार १७:०२ प्रकाशित
  • Nabintech