१४ बैशाख २०८१, शुक्रबार
नेपालगन्ज उपमहानगरपालीकाले आफनो निति तथा कार्यक्रम सार्बजनीक
  • काँचुली खबर

निति तथा कार्यक्रम संगै उपमहानगरपालीकाले २ अर्ब ४३ करोड २ ला ६३ हजारको अनुमानीत बजेट पनी प्रस्तुत गरेको छ । नेपालगन्जको भेरी प्राबिधीक शिक्षालयमा भएको नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालगन्ज उपमहानगरपालीकाका नगर प्रमुख डा. धवल शंसेर राणाले नेपालगन्ज उपमहानगरपालीकालाई क्षेत्रिय हब एबं स्मार्ट सिटीका रुपमा बिकास गर्दै लगिने बताउनुभयो ।

 

उहाँले नेपालगन्जमा चक्रपथ निर्माणका साथै उपमहानगरपालीकाका सम्पुर्ण सडकहरु पिच गरिने उल्लेख गर्नुभयो । राणाले नेपालगन्जको त्रिबेणीमोड नजिकै अण्डरग्राउण्ड पार्किङ्ग सहितिको अत्याधुनिक बिशाल बजार सपिङ्ग कम्पेलेक्स निर्माणका लागी डिपीआर अगाडी बढाईसकिएको बताउनुभयो ।

नेपालगन्ज उपमहानगरपालीका क्षेत्र भित्रका स्वास्थ्य सँस्था र अस्पतालहरुको स्तरउन्नती गर्ने,उपमहानगरपालीकालाई पुर्ण खोपयुक्त र पुर्ण सरसफाईयुक्त बनाउने, सुर्तिजन्य पदार्थ, गुटखा एबं बाताबरणलाई असर गर्ने पलास्टिकजन्य पदार्थ क्रमस निषेध गर्ने निती तथा कार्यक्रममा समाबेश गरीएको छ ।

त्यस्तै निति तथा कार्यक्रममा नेपालगन्ज बिमानस्थललाई अन्तर्राष्ट्रिय बिमानस्थलको रुपमा बिकास गर्न आबस्यक पुर्वाधारको बिकास गर्ने, नेपालगन्जका पर्यटकिय पुर्वाधारको बिकास एबं प्रचारप्रसारको कार्यलाई अगाडी बढाईनुका साथै आन्तरिक तथा बा¥ह पर्यटक अर्कषित गर्न पर्यटकमैत्री बाताबरण बनाउन संग्रालय, कोशेलीघर सभागृह निर्माणलाई पनी समेटिएको छ ।

  • १० असार २०७५, आईतवार १६:५३ प्रकाशित
  • Nabintech