बाँके डान्स आईडलको सेमिफाईनल राउण्ड हिजो सम्पन्न भएको छ । ३५ जना सहभागिहरु मध्येबाट १६ जना सहभागिहरु छनँैट हुन सफल भएको बाँके डान्स आईडलका प्रस्तुतकर्ता दिपक श्रेष्ठले जानकारी दिनु भयो । ५० प्रतिशत नृत्य बाट र ५० प्रतिशत भोटिङ्गबाट छनौट गरिएको थियो । नृत्य प्रतियोगितामा प्रथम हुनेलाई १ लाख, द्वितिय हुनेलाई ५० हजार, तृतिय हुनेलाई २५ हजार चौथो र पाचौ हुनेलाई एउटा कभर भिडियो । छ्रैठौ देखि दशौ सम्मकालाई ५० प्रतिशत छात्रबृत्ति रहेको अयोजकले जनाएको छ । सेमिफाईनलमा जुधेका तर फाइनलमा पुग्न नसकेका ५ जना प्रतियोगीहरुकालागी एउटा कभर भिडियोमा खेलाईने प्रस्तुत कर्ता श्रेष्ठले बताए । प्रतियोगिताको ६ भाग नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिने पनि आयोजकले जनाएको छ । प्रतियोगितामा छनौट हुन सफल प्रतियोगिहरु…
१० असार २०७५, आईतवार ११:५२ प्रकाशित