१४ बैशाख २०८१, शुक्रबार
नेपालगन्ज साइकल दौड प्रतियोगिता सम्पन्न
  • काँचुली खबर

नेपालगन्ज मा प्रथम मेयर कप साइकल दौड प्रतियोगिता २०७५ भब्य रूपमा सम्पन्न भएको कार्यक्रम सम्योजक गगन थापाले बताउनु भयो।  नेपाल्गन्ज उपमहानगर पालिका को आयोजना र नेपालगन्ज साइक्लिङ्ग क्लब बाकेको सम्योजन मा भएको प्रतियोगिता मा १७५ जना महिलापुरुष ले सहभागिता जनाएका छ्न । प्रतियोगिता को ३७ कि मि दुरिको माउन्टेन बाइक प्रतिस्पर्धा मा बिमलेश कुमार यादव प्रथम सन्जय सोनकर दोश्रो र दिपक मल्ल तेस्रो भय भने सोही स्प्रर्धामा महिला २ मात्र सहभागिता रहेकोमा साया थापा ले मात्र ३७ कि मि को दुरि पार गरिन । पुरुष प्रतिस्पर्धिमा अप्रतियोगि मोटिभेसनल साइक्लिस्ट भरत शाहले प्रथम भएका प्रतियोगी भन्दा २ मिनेट अघि ३७ किमिको दुरि पार गर्नु भएको थियो। उहालाइ कार्यक्रम मा बिशेश संमान सहित मायाको चिनो प्रदान गरिएको थियो भने अर्का मोटिभेसनल साइक्लिस्ट अस्ट्रेलियन नागरी ाष् िम्भदजष्कले समेत सहभागिता जनाएका थिए।  

त्यस्यै साधारण साइकल दौड अन्तर्गत को २० किमि दुरिको महिला तर्फको प्रतियोगिता पार्वती सार्की , टीका खड्का र ममता गुप्ता प्रथम , दोश्रो र तेस्रो भए भने सोही स्पर्धा को पुरुष तर्फ मनोज कु. धोबी, जङ्ग थारु र सतिस थारु प्रथम , दोस्रो र तेस्रो भय ।
अपांग हरुको ट्राइसाइकल प्रतियोगिता अन्तर्गत को ६ कि मि दुरिको प्रतिस्पर्धा मा यम ब खत्री , तेज ब राना र चन्द्र ब कामि प्रथम , दोश्रो र तेस्रो भए।प्रतियोगिता को उद्घाटन नेपालगन्ज उपमहानगर पालिकाका मेयर डा. धवल शमसेर राणा, बाकेका प्रजिअ रमेश केशी, उपमेयर उमा थापा,शसस्त्र प्रहरी बलका एसपी  फणीन्द्र राज पौडेल , शैलेन्द्र भन्डारि , नेपालगन्ज साइक्लिङ्ग क्लब का अध्यक्ष केशर आले लगायत ले जिल्ला बन कार्यलय अगाडि बाट बिपि चोक सम्म पुगि पुनः बन कार्यलय फर्किएर गर्नु भएको थियो। सोही प्रतियोगिता को पुरस्कार बितरण समारोह मा कार्यक्रम सम्योजक गगन थापा ले स्वागत मन्तब्य र प्रजिअ रमेश के सि ले शुभकामना मन्तब्य राख्नु भएको थियो।  

कार्यक्रम का प्रमुख अतिथि नेपालगन्ज उपमहानगर का मेयर डा राणा ले अब नेपालगन्ज मा साइकल लेन का बिषयमा सोच्नुपर्ने आवस्यकता देखिएको बताउदै साइकल सस्कृतिको बिकास भए हरित नेपालगन्ज अभियान लाई सहयोग पुर्याउने बताउदै अर्को बर्ष अझ भब्य रूपमा कार्यक्रम आयोजना गरिने बताउनु भयो।

 

  • १० असार २०७५, आईतवार १०:५० प्रकाशित
  • Nabintech