१८ बैशाख २०८१, मंगलवार
कोरोना संक्रमणबाट बाँकेमा थप एकको मृत्यु
  • काँचुली खबर

बाँकेमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । भारतमा कोरोना संक्रमण तिब्र गतिमा फैलिएसँगै बाँकेमा समेत त्यसको असर देखापर्न थालेको छ । भारतका बिभिन्न सहरबाट जनुनाह नाका हुँदै फर्किएका नेपालीहरुका कारण जिल्लामा कोरोनाको जोखिम बढेको छ ।

यसैबिच कोरोना संक्रमणबाट बाँकेमा फेरी एक जनाले ज्यान गुमाएका छन । नेपालगन्जको भेरी अस्पतालमा उपचाररत ३७ वर्षिय युवाको कोरोना संक्रमणका कारण ज्यान गएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । कैलालीको लम्किचुहा १ का ति पुरुषमा चैत्र ३० गते कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएलगत्तै भेरी अस्पतालको कोभिड विशेृष वार्डमा भर्ना गरीएका ति पुरुषको ३१ गते राती ९:५० बजे मृत्यु भएको ओलीले जानकारी दिए ।

योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारकालागि आएका ९२ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

  • १ बैशाख २०७८, बुधबार ०८:०३ प्रकाशित
  • Nabintech