१६ चैत्र २०८०, शुक्रबार
उपमहानगरपालिकाभित्रका मासु पसलमा अनुगमन
  • काँचुली खबर

नेपालगञ्जमा शुक्रबार मासु पसलको संयुक्त अनुगमन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वमा खटिएको जिल्ला अनुगमन समितिले धम्वोझी र राँझाका केही मासु पसलमा अनुगमन गरेको हो ।
उपमहानगरपालिकाका पशु सेवा शाखा प्रमुख डा अपार पौडेल, बाणिज्य कार्यालयका कृष्ण पौडेल, वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक नारायण डाँगी, पशु क्वारेन्टाइनका तिलक आचार्य, जिल्ला प्रशासन कार्यालयका प्रतिनीधी सहितको टोलीले मासु पसलमा अनुगमन गरेर अस्वस्थ मासुका साथै ठुलो संख्यामा कुखुरा बरामद गरेको छ ।
यस अघि नै व्यवसायीलाई सचेत गराइएपनि फोहरयुक्त ठाउँमा मासु बेचेको र फुटपाथमा कुखुरा राखेर मानव स्वास्थ्यमा खेलवाड गरेको भन्दै जिउँदा कुखुरा बरामद गरिएको हो । राँझा एअरपोर्ट नजीकबाट १० केजी बराबर कुखुराको मासु र कलेजो, ४१ वटा जीउँदा कुखुरा र धम्बोझी चौकबाट २९ वटा लोकल कुखुरा बरामद गरिएको छ ।


बरामद कुखुराको मुल्यको १० प्रतिशत जरिवाना तिराएर मात्र छाडीएको अनुगमनमा सहभागी उपमहानगरपालिकाका निरिक्षण शाखाका प्रमुख पवन कनोजीयाले जानकारी दिए । कलेजोसहीतको बरामद १० केजी मासु पशु अष्पतालमा गाडेर नष्ट गरिएको छ ।
अनुगमन टोलीले व्यवसायीलाई अस्वस्थ मासु नबेच्न समेत सचेत गराएको छ । अनुगमनका क्रममा मासु पसलमा अत्यधिक फोहर भएकोे, आवश्यक कागजपत्र नराखेको अनुगमनमा सहभागी नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।

 

  • ८ असार २०७५, शुक्रबार २१:०९ प्रकाशित
  • Nabintech