६ जेष्ठ २०८१, आईतवार
१८ लाख ५० हजार बराबरको उद्दार सामग्री हस्तान्तरण
  • काँचुली खबर

जिल्ला विपद व्यवस्थापन समिति बाँकेले सुरक्षा निकाय तथा दमकल सेवालाई खोज तथा उद्दार सामाग्री हस्तान्तरण गरेको छ ।

विपद् उद्दारका वेला मानविय तथा भौतिक क्षति न्युनिकरण तथा सुरक्षा निकायमा हुने खोज तथा उद्दार सामाग्रीको कमि पुरा गर्न सामाग्री वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले बताए ।

विपद्को वेला अग्रपंक्तिमा खटिने सुरक्षा निकायलाई खोज तथा उद्दार सामाग्रीको अभावले विपद् प्रतिकार्य प्रभावित हुने गरेकोले जिल्ला विपद् व्यवस्थापन समितिले करिव १८ लाख ५० हजार बराबरको सामग्री हस्तान्तरण गरेको हो । सुरक्षा निकायमा रहेका सामाग्री र विपद्का बेला आवश्यक पर्ने थप सामाग्री परिचान गरि अभाव भएका खाडलका आधारमा सामाग्री खरिद गरि वितरण गरिएको जिल्ला आपतकालिन कार्य सन्चालन केन्द्र बाँकेका सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

सोमबार प्रमुख जिल्ला अधिकारी कुरुम्वाडले शसस्त्र प्रहरी वल ३० नं. गणलाई ३७ प्रकारको, भैरव प्रसाद गणलाई ३२ प्रकारको र जिल्ला प्रहरी कार्यालय बाँकेलाई ३० प्रकारका खोज तथा उद्दार सामाग्री हस्तान्तरण गरेका हुन ।

त्यसैगरि नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर उपमहानगरपालिको दमकल सेवालाई १र१ थान एलमुलियम फायर सुट समेत उपलब्ध गराईएको छ ।

  • १० चैत्र २०७७, मंगलवार १३:४६ प्रकाशित
  • Nabintech