५ जेष्ठ २०८१, शनिबार
नेपाली गितले बनायो विश्व कीर्तिमान !
  • काँचुली खबर

सोलुखुम्बुको गोक्यो ताल छेउमा रेकर्ड भएको गीत ‘गोक्यो रि’ ले विश्व कीर्तिमान बनाएको छ । चार हजार आठ सय १३ मिटर उचाइमा गएको फागुनमा रेकर्ड गरिएको गीत र म्युजिक भिडियोलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले विश्वकै अग्लो ठाउँमा रेकर्ड गरेको गीत तथा म्युजिक भिडियोको रूपमा सूचीकृत गरेको हो । ​

गोक्यी रि गीत नेपालको पर्यटन क्षेत्रलाई लक्षित गरी पर्यटन व्यवसायीसमेत रहेका निर्माता लक्ष्मण कार्की, पर्यटन व्यवसायी सन्च बहादुर राई, कार्यक्रमका संयोजक तथा तीन पटकसम्म विश्व कीर्तिमान राख्न सफल पुष्कर नेपाल, मिडिया व्यावसायी तथा सिनेमाटोग्राफर राजन खरेल र बासुरी बाधक पावल राईले निर्माण गरेका हुन् ।

कोरोना महामारीले थलिएको पर्यटन व्यवसायलाई फेरि स्थापित गराउन ‘गोक्यो रि’ बोलको गीतको रेकर्ड र म्युजिक भिडियो बनाएको पर्यटन व्यवसायी लक्ष्मण कार्कीले बताए । बबिना राईको आवाजमा रहेको गीत मिलन किरातीले लेखेका हुन । म्युजिक भिडियोको निर्देशन दुर्लभ जन्तरे (बुद्धिराज राई) ले गरेका छन ।

  • ९ चैत्र २०७७, सोमबार १९:०० प्रकाशित
  • Nabintech