६ जेष्ठ २०८१, आईतवार
बाँकेमा अनेरास्ववियु पुनर्गठित, अध्यक्षमा मल्ल
  • काँचुली खबर

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु बाँकेको कमिटि पुनर्गठन गरीएको छ । सोमबार नेपालगन्जमा सम्पन्न जिल्ला भेलाले टेकेन्द्र मल्लको अध्यक्षतामा १ सय ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

जिल्ला कमिटीको उपाध्यक्षमा खगराज रोकाया, सचिबमा ईन्द्र बहादुर बस्नेत, सह सचिबमा नबराज बम, भरत खनाल र दमन बुढा तथा कोषध्यक्षमा अमृत खत्री चयन भएका छन् ।

नेकपा एमालेका नेता रत्न खत्रीको उपस्थितिमा सम्पन्न भेलाले यसअघि घोषणा गरीएको अनेरास्ववियु बाँकेको कमिटि अबैध भएको ठहर गर्दै नयाँ कमिटी गठन गरेको हो ।

  • ९ चैत्र २०७७, सोमबार १८:४४ प्रकाशित
  • Nabintech