६ जेष्ठ २०८१, आईतवार
साँसद अथकद्धारा विद्यालय भवनको शिलान्यास
  • काँचुली खबर

नेकपा माओवादी केन्द्रका नेता तथा बाँके क्षेत्र नं. १ का साँसद महेश्वर गहतराज अथकले कोहलपुर नगरपालिका १ कौशिल्यानगरमा रहेको ज्ञान ज्योती मा.बि को भवनको शिलन्यास गरेका छन । बिशेष अनुदान कोषबाट निर्माण गर्न लागिएको ४ कोठे भवनको एक कार्यक्रमका बिच साँसद अथकले शिलन्यास गरेका हुन ।

अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको विशेष अनुदान शिर्षकबाट विद्यालयको भौतिक पूर्वाधार निर्मँणकालागि ६० लाख बजेट विनियोजन गराएका साँसद अथकले सोमबारएक औपचारीक् कार्यक्रमका बिच निर्माणधिन भवनको शिलान्यास गरेका हुन ।

शिलन्यास कार्यक्रममा बोल्दै अथकले आफ्नो निर्वाचन क्षेत्रको समग्र बिकासका लागि आफु लागिपरेको बताए । अथकले पुर्वाधार बिकासका साथै शिक्षालाई विशेष प्राथमिकतामा राख्दै आएका छन ।

साँसद अथकले आफ्नो निर्वाचन क्षेत्रमा विद्यालयको भौतिक पूर्वाधारका साथै प्राबिधिक शिक्षामा समेत विशेष जोड दिईएको बताए । उनले हरेक स्थानिय तहमा प्राबिधीक बिधालय निर्माण आफुले जोड दिएको समेत बताए ।

  • ९ चैत्र २०७७, सोमबार १८:१४ प्रकाशित
  • Nabintech