६ जेष्ठ २०८१, आईतवार
कोहलपुरमा भेटिएको शवको पहिचान खुल्यो
  • काँचुली खबर

सोमबार बिहान कोहलपुरमा मृत अवस्थामा भेटिएको शवको पहिचान खुलेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुर नगरपालिका ११ रेडक्रश रोडमा बन्दै गरेको एक घरमा मृत अवस्थामा भेटिएका युवाको सनाखत भएको थियो ।

कोहलपुरमा बन्दै गरेको घरभित्र शव भेटियो

प्रहरीका अनुसार सोमबार बिहान भेटिएको शव बर्दिया बाँसगढी नगरपालिकाका १६ वर्षिय सौरभ थारुको हो । उनको शवलाई पोष्टमार्टमकालागि भेरी अस्पताल नेपालगन्जमा पठाईएको छ । उनि किन र के कारणले घटनास्थलमा पुगेका थिए, र उनको मृत्यु कसरी भयो भन्ने बारे अझैं खुलीनसकेको प्रहरीले जनाएको छ ।

शव नजिकै कैची भेटिएकाले नवनिर्मित घरमा जडान गरीएको समर्सियलको मिटर चोर्ने क्रममा ति युवाको करेन्ट लागेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । बिधान पौडेलको नवनिर्मित घरमा रहेको समर्सियलको तार काटिएको अवस्थामा रहेकाले चोरी गर्ने नियतले नै ति युवा त्यहाँ पुगेको हुन सक्ने भएपनि वास्तविक कारण भने अनुसन्धानपछि मात्र खुल्ने बताईएको छ ।

  • ९ चैत्र २०७७, सोमबार १७:०२ प्रकाशित
  • Nabintech