६ जेष्ठ २०८१, आईतवार
कोहलपुरबाट १ किलो चरेश सहित ३ जना पक्राउ
  • काँचुली खबर

बाँकेको कोहलपुरबाट ठुलो परिमाणमा लागु औषध चरेश सहित ३ जना पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक रविन्द्र खनालका अनुसार कोहलपुर नगरपालिका १० हाईस्कुल क्षेत्रबाट १ किलो चरेश सहित ३ जना युवा र एउटा गाडी नियन्त्रणमा लिईएको छ ।

पक्राउ पर्नेमा कोहलपुर नगरपालिका वडा नं. २ का विश्व परियार, राप्तिसोनारी गाँउपालिका ३ का आनन्द खड्का र सोहि ठाँउका कैलाश शाही रहेका छन । उनीहरुको साथबाट बा६च ७५७१ नम्बरको टाटा कम्पनीको एउटा हाइलेक्स गाडी समेत बरामद गरिएको खनालले जानकारी दिए ।

पक्राउ परेका युवाहरुलाई थप अनुसन्धानकालागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ ।

  • ८ चैत्र २०७७, आईतवार २१:२२ प्रकाशित
  • Nabintech