६ जेष्ठ २०८१, आईतवार
सहकारी दिवसलाई पर्वका रुपमा मनाउने निर्णय
  • काँचुली खबर

यहि चैत्र २० गते पर्ने राष्ट्रिय सहकारी दिवसलाई पर्वका रुपमा मनाउन कोहलपुर क्षेत्रका सहकारीकर्मीहरुले ऐकेवद्धता जनाएका छन । ‘मर्यादित ब्यबसाय र प्रबिधिमा सहकारी’ भन्ने मुल नाराका ६४औं राष्ट्रिय सहकारी दिवसलाई पर्वका रुपमा मनाउन कोहलपुर नगरपालिका भित्र रहेका सम्पुर्ण सहकारीका अध्यक्ष र ब्यवस्थापकहरु बिचको बैठकले बिबिध निर्णय गरेको छ ।

उक्त बैठकले गरेको निर्णय यसप्रकार रहेका छन ।:

१) चैत ९ गते देखि सबै सहकारीहरुले ब्यानर सहित ‘भेटौ सदस्य’ कार्यक्रम संचालन गर्ने ।

२) चैत ११ गते बिहान ८ बजे देखि कोहलपुर हेल्थ केयर सेन्टरमा रक्तदान कार्यक्रम गर्ने ।

३) चैत १२ गते स्थानिय सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने ।

४) चैत १५ गते बिहान ११ बजे बाटिका होटल नेपालगन्ज हुने पालिका प्रमुख र उप प्रमुख बिच अन्तरक्रिया कार्यक्रममा सहकारीका अध्यक्ष र ब्यबस्थापकहरु सहभागी हुने ।

५) १९ गते बिहान र्यालि सहित बिहान ८ बजे कोहलपुर चौराहमा सहभागी भएर सभा गर्ने ।

६) चैत २० गते बिहान ८ बजे सबै सहकारीले आआफ्नो सहकारी कार्यालयमा राष्ट्रिय झण्डा राख्ने ।

७0 चैत २० गते बिहान ११ बजे सहकारीका अध्यक्ष र ब्यबस्थापकहरु सहभागी भएर नेपालगन्जमा कार्यक्रम समापन गर्ने ।

  • ८ चैत्र २०७७, आईतवार १६:२७ प्रकाशित
  • Nabintech