६ जेष्ठ २०८१, आईतवार
दुर्घटनामा निकुञ्जका कर्मचारीको मृत्यु
  • काँचुली खबर

बाँके राष्ट्रिय निकुञ्जका एक कर्मचारीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । निकुञ्जको खैरी पोष्टमा गेम स्काउट पदमा कार्यरत रुकुम घर भएका नवराज बुढाथोकीको गएराति मोटरसाइकल दुर्घटनामा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

२ वटा बाईकमा ३ जनाको टोली गस्तिबाट फर्किने क्रममा बुढाथोकीले चलाएको बाईक दुर्घटनामा परेको थियो ।

बुढाथोकीले चलाएको भे१०प ९५४९ नम्बरको मोटरसाइकल पूर्व पश्चिम राजमार्ग अन्तर्गत शम्शेरगंज र मुगुवा खोलाको बीचमा रोकिराखेको बिग्रेको ट्रकमा ठोक्किएको थियो ।

गस्ती गर्न गएका बेला सो दुर्घटनामा परेर बुढाथोकीको मृत्यु भएको निकुञ्जका सहायक वार्डेन महेश न्यौपानले पुष्टि गरेका छन ।

  • ८ चैत्र २०७७, आईतवार १५:०७ प्रकाशित
  • Nabintech