६ जेष्ठ २०८१, आईतवार
सिटिजन र मेगा बैंकसँग म्याक्स होटलको सहकार्य
  • काँचुली खबर

बाँकेको कोहलपुरमा संचालनमा रहेको म्याक्स होटलले सिटिजन र मेगा बैंकसँग सहकार्य गर्ने भएको छ । होटललाई क्यासलेस बनाउने उद्धेश्य अनुसार पहिलो चरणमा दुई वटा बैंकसँग सहकार्यकालागि सम्झौता गरीएको होटलको ब्यवस्थापन पक्षले जनाएको छ ।

शनिबार होटलका म्यानेजर संजय श्रेष्ठ र सिटिजन तथा मेगा बैंकका प्रतिनिधिबिच सहकार्यकालागि दुईपक्षिय सम्झौता पत्रमा हस्ताक्षर भएको हो । त्यसक्रममा बोल्दै श्रेष्ठले होटलको सेवा सुविधालाई थप परिस्कृत र ब्यवस्थित बनाउन आगामी दिनमा थप नयाँ योजनाहरु ल्याउने तयारी भईरहेको बताए । उनले पहिलो चरणमा सिटिजन र मेगा बैंकका सेवाग्राहीहरुलाई होटलको सेवा सुविधा उपभोग गरेवापत १० प्रतिशत छुटको ब्यवस्था मिलाईएको प्रष्ट पारे ।

यसकालागी सेवाग्राहीले डेबिट कार्ड वा क्रेडिट कार्डबाट रकम भुक्तानी गर्नुपर्ने छ । होटललाई पूर्णरुपमा क्यासलेस बनाउने अभियान अन्तर्गत होलहरुसँग सहकार्य सुरु गरीएको श्रेष्ठले बताए ।

सम्झौताबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले स्थापनाको छोटो समयमै होटलले यस क्षेत्रका सेवाग्राहीको मन जित्न सफल भएको दावी गरे । हालै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले होटललाई ‘क’ वर्गमा वर्गीकरण गरेको बताउँदै श्रेष्ठले जिल्लामा आफुहरुको सेवा सुविधा उत्कृष्ट रहेको बताए ।

कोहलपुरमा संचालनमा रहेका होटलहरुमध्ये म्याक्स होटलले सबैभन्दा राम्रो प्रतिक्रिया पाएको थियो । खाद्य स्वच्छताका आधारमा केही समय अघि मात्रै सञ्चालनमा आएको होटल म्याक्स सबैभन्दा उत्कृष्ट ठहरिएको हो । होटल तथा रेष्टुरेन्टहरुको निर्देशिकामा उल्लेख गरिएका ५० वटा प्रश्नको आधारमा अनुगमन गरेर गर्दा चेकजाँच गर्दा होटल म्याक्सले ९२ नम्बर प्राप्त गर्दै अति उत्तम ९क० स्तरको स्टिकर प्राप्त गर्न सफल भएको थियो ।

  • ७ चैत्र २०७७, शनिबार १५:२४ प्रकाशित
  • Nabintech