१५ चैत्र २०८०, बिहीबार
पत्रकार राजवंशीको अन्तिम संस्कार गरियो
  • काँचुली खबर

पत्रकार अनुपासिंह राजवंशीको दाहसंस्कार गरिएको छ । मृत्यु भएको ४ दिनपछि शुक्रबार राजवंशीको खजुरास्थित मानखोलामा अन्तिम संस्कार गरिएको हो ।
दाहसंस्कार अघि राजवंशीको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेपालगन्जस्थित विशालनगर चोकमा राखिएको थियो । त्यसक्रममा स्वर्गिय राजवंशीका घरपरिवार, आफन्त, संचारकर्मीहरु तथा सुवेच्छुकहरुले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।
नेपालगन्ज स्थित सिंग्नेट कृष्णा होटलमा सोमबार मध्यराती राजवंशीको रहश्यमय तवरले मृत्यु भएको थियो । होटलले आयोजना गरेको स्विमिङ पुल डान्स पार्टीमा सहभागी भएकी पत्रकार राजवंशी अचेत भएको केही समयपछि चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए ।


राजवंशीको मृत्यु पश्चात भेरी अञ्चल अस्पतालमा शव परीक्षण गरेपनि मृत्युको स्पष्ट कारण नखुलेपछि भिसेरा परिक्षण गरि थप अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ । बाँके प्रहरीका अनुसार, पोष्टमार्टम रिपोर्टबाट पनि मृत्युको स्पष्ट कारण खुल्न नसक्ने देखिएपछि भिसेरा परीक्षण गरिएको हो । कुनैपनि ब्यक्तिले सेवन गरेको खाद्य तथा पेय पदार्थमा विषादी मिसिएको, नमिसिएको एकिन गर्नकालागि भिसेरा परिक्षण गर्ने गरिएको प्रहरी स्रोतले जनायो ।

  • ८ असार २०७५, शुक्रबार १४:२३ प्रकाशित
  • Nabintech