२३ बैशाख २०८१, आईतवार
करणी तथा हत्या प्रयास गर्ने ब्यक्ती पक्राउ
  • काँचुली खबर

बाँके प्रहरीले जबरजस्ती करणीको प्रयास गरी फरार भएका एक युवालाई पक्राउ गरेको जनाएको छ । पह्ररीले नेपालगन्ज उपमहानगरपालिका ४ घोसी टोलका २० वर्षिय जुनेद हलवाई पक्राउ गरेको हो ।

हलवाईले गत माघ १६ गते नेपालगन्ज उपमहानगरपालिका ४ बसपार्क क्षेत्रभित्र संचालनमा रहेको अछाम मेचीकाली होटलको कोठा नं. २०२ भित्र १६ वर्षिय बालिकालाई बलात्कार प्रयास गर्नुकासाथै ज्यान मार्ने प्रयास समेत गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले बुधबार जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै हलवाईलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार हलवाईले जबरजस्ती करणी प्रयास गरि ज्यान मार्ने मनसायले बालिकाको घाँटीमा सलले कसेर बेहोस बनाई त्यही छाडेर फरार भएका थिए । घटना भएको मितिदेखी फरार रहँदै आएका हलवाईलाई मंगलबार बेलुका भारतिय प्रहरीको सहयोगमा नेपालगंज उप(महानगरपालिका वडा नं। १५ जमुनाह नाकाबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

  • ४ चैत्र २०७७, बुधबार १६:५८ प्रकाशित
  • Nabintech