१३ बैशाख २०८१, बिहीबार
सडक दुर्घटनामा परियारको ज्यान गयो
  • काँचुली खबर

कोहलपुर नगरपालिका-५ तिनघरुवामा सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बेलुका ८ बजे पसल बन्द गरेर घर जाँदै गरेका सर्पे परियारको सडक दुर्घटनामा परि ज्यान गएको हो ।
कोहलपुर नगरपालिका-५ उदयनगर निवासी ५८ वर्षिय परियारलाई बा ७४ प ४३५७ नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो । ठक्कर दिएलगत्तै कोहलपुरमेडिकल कलेज पु¥याए परियारको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख यज्ञ प्रसाद भट्टराइले जानकारी दिए ।
मोटरसाईकल चालक बर्दिया बाँसगढीका दानबहादुर योगीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

  • ७ असार २०७५, बिहीबार २१:५२ प्रकाशित
  • Nabintech