१२ बैशाख २०८१, बुधबार
कोहलपुरमा पनि मनाइयो अन्तर्राष्ट्रिय योग दिवस
  • काँचुली खबर

चौथो अन्तर्राष्ट्रिय योग दिवस मुलुकभर योग र आयुर्वेद सम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाईएको छ । संयुक्त राष्ट्र संघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउँदै आएको छ ।
दिवसकै अवसरमा बिहिबार कोहलपुरमा समेत बिभिन्न योग अभ्यास गरि दिवस मनाईएको छ । कोहलपुर नगरपालिका अन्तर्गत आयुर्वेद शाखाले दिवसकै अबसरमा पतञ्जली सेवा केन्द्र कोहलपुरमा योग प्रशिक्षण कार्यक्रम संचालन गरेको थियो । कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले योगको महत्वको बारेमा चर्चा गर्दै बच्चाहरुलाई सानैदेखि योगमा अभ्यस्त बनाउनुपर्नेमा जोड दिएका थिए । उनले आफु पनि नियमित रुपमा योग अभ्यास गर्दै आएको भन्दै मानसीक तथा शारिरिक तन्दुरुस्तीकालागी योग प्रभावकारी रहेको बताए ।


त्यसैगरी डा. बि.पि. रेग्मीले आयुर्वेद र योगको महत्वको बारेमा प्रकाश पारेका थिए । उनले दिनहुँ गरिने क्रियाकलापहरु योगकै हिस्सा रहेकाले जो कोहीले पनि सहजै योगलाई जिवनमा उतार्न सक्ने जिकिर गरे ।
दिवसकै अवसरमा आयोजित युक्त कार्यक्रममा योगा गुरुहरुले बिभिन्न योग आशनहरुको बारेमा प्रशिक्षण समेत दिएका थिए । कोहलपुर क्षेत्रका समाजसेवी, राजनितिज्ञ, कर्मचारी, जनप्रतिनिधीहरु, विद्यार्थी लगायतले प्रशिक्षण कार्यक्रममा सहभगीता जनाएका थिए । साथै बिभिन्न योग आसनहरुको समेत अभ्यास गरिएको थियो । कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखा ९आयूर्वेद० को आयोजना तथा पतञ्जली योग समिति, द आर्ट लिभिङ नेपाल, योग एवं प्राकृतिक स्वास्थ्य समाज र ब्रह्मकुमारी ईश्वरी विश्व विद्यालयको संयुक्त संयोजनमा संचालित कार्यक्रमको सभापतीत्व नमप्रसाद शर्माले गरेका थिए योग प्रशिक्षकहरु काब्या लम्सालले सहभागीहरुलाई योग सम्बन्धि प्रशिक्षण दिएक थिए ।

  • ७ असार २०७५, बिहीबार १९:३५ प्रकाशित
  • Nabintech