६ जेष्ठ २०८१, आईतवार
समयमै उद्धार नहुँदा सुत्केरीको मृत्युु
  • काँचुली खबर

समयमै उद्धार नहुँदा एक सुत्केरीको मृत्यु भएको छ । मुगुको सोरु गाउँपालिका-५, की २३ वर्षीया धनलक्ष्मी शाहीको समयमै उद्धार नहुँदा बिहीबार दिउँसो मृत्यु भएको हो ।

स्थानीय नेर स्वास्थ्य चौकीमा बच्चा जन्मिए पनि साल निस्किन नसक्दा शाही बहोस भएकी थिइन् । उनको उद्धारको लागि जिल्ला प्रशासन कार्यालय मुगुले तत्काल उद्धारका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई जानकारी गराएको थियो ।

प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर शिवाकोटीले भने, ‘जानकारी आउनेवित्तिकै हामीले हवाई उद्धारका लागि शुरुमा मौखिक र पछि लिखित जानकारी गराएका थियौं, तत्काल हेलिकोप्टर नपुग्दा उहाँको मृत्यु भएको बिहीबार दिउँसो जानकारी आयो ।’

सोरुमा फोन नेटवर्कको समस्या रहेकाले पनि अपडेट हुन नसक्नु र सेनाको हेलिकोप्टर सैनिक दिवसका लागि काठमाडौं गएकाले आउन ढिलाइ हुनुले पनि समयमै उद्धार नहुँदा शाहीलाई गुमाउनु परेको प्रजिअ शिवाकोटीको भनाइ छ ।

अनलाईनखबरबाट

  • २८ फाल्गुन २०७७, शुक्रबार ११:४७ प्रकाशित
  • Nabintech