६ जेष्ठ २०८१, आईतवार
ग्याँस बोकेको गाडीले ठक्कर दिदा एकको मृत्यु
  • काँचुली खबर

बाँकेको कोहलपुरमा ग्याँस बोकेको ट्रकले ठक्कर दिदा एक पैदल यात्रीको मृत्यु भएको छ । बुधबार बेलुका ८ बजेको समयमा कोहलपुरको हवल्दारपुरदेखी दैलेखतर्फ जाँदै गरेको भे१ख ११०० नम्बरको ट्रकले ठक्कर दिदा कोहलपुर ११ का ३८ वर्षिय जयकर्ण मल्लको ज्यान गएको हो ।

स्थानिय विद्युतरोड चोकमा ट्रकले मल्ललाई ठक्कर दिएको थियो । दुर्घटनाबाट गम्भीर घाईते भएका मल्ललाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडी बढाएको जनाएको छ ।

  • २६ फाल्गुन २०७७, बुधबार २२:०४ प्रकाशित
  • Nabintech