१३ बैशाख २०८१, बिहीबार
हाम्रो कार्यकाल स्वर्णिम हुनेछ : महासचिव पदका उम्मेदवार नबिन खड्का
  • काँचुली खबर

कोहलपुर उद्योग बाणिज्य संघको २२ गते हुने निर्वाचनका लागी कोहलपुर क्षेत्रका व्यवसायीहरु चुनाबी मैदानमा छन । चुनावी माहोल बिच सबैले लिने नाम हो साझा समाबेसी समुहका तर्फबाट महासचिव पदका उम्मेदवार नबिन खड्का । खड्का झण्डै २० वर्ष देखि कोहलपुरको व्यवसायीक क्षेत्रमा क्रियासील छन । भारतिय सिमा बजारका कारण नेपाली कपडा व्यवसयी चपेटमा परेको समयमा समेत उनले कोहलपुर क्षेत्रमा ठुलो लगानीमा कपाडा व्यवसाय सुरु गरे ।

खड्कासँग नबिन ईम्पोरियमको नामबाट कोहलपुरमा दुई दशकको व्यापारिक अनुभव छ । कम बोल्ने र काम गरेर देखाउने स्वभावका भिजन भएका युवा व्यवसायीको पहिचान बनाएका नबिन कोहलपुरमा मात्रै नभएर बाँकेमै कपडा व्यवसाय धाराशायी बनिरहेको आवस्थामा कोहलपुरमा ठुलो पूंजी लगानी गरेर सिमावर्ती बजार रुपईडीहा जाने र खरिदारी गर्ने प्रवृतिलाई रोक्ने योजनाका साथ अगाडी बढेका थिए ।

कोहलपुर उद्योग बाणिज्य संघको यसअघिको कार्यकालको सदस्य रहिसकेका खड्का यस अघिको चुनावमा सर्वाधिक मतका साथ बिजयी भएका थिए । जुझारु युवा स्ववसायी खड्काले कोहलपुर उद्योग बाणिज्य संघको सदस्यसंगै विभिन्न संघ संस्थामा आवद्दता जनाउदै सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान दिइसकेका छन् । ब्रिज इन्टरनेसनल स्कुल, कोहलपुरको प्रबन्ध निर्देशकको भूमिका समेत निभाउदै आएका खड्काले कुशल व्यवसायीको पहिचान समेत स्थापित गरेका छन ।

बाँकेसंगै काठमाण्डौ लगायत देशका विभिन्न स्थानमा रियलस्टेट, हस्पिटालिटी र अन्य व्यवसायमा समेत सहभागिता जनाएका खड्का मुलत व्यवसायीसंगै सामाजिक कार्यमा बढी रुची दिने गर्दछन । कोरोना भाइरस (कोभिड-१९) कहर र बिभिन्न समयमा आएका बाढी तथा अन्य विपत्तिको समयमा सहयोग गर्न सदैव अगाडी सर्ने सामाजिक भावका खड्का सामाजिक उत्तरदायित्व बहन गर्ने जिम्मेवारीकासाथ कोहलपुर उद्योग बाणिज्य संघको निर्वाचनमा होमिएका छन । आफ्नो महासचिवको कार्यकाल स्वर्णिमकाल हुने बताउने खड्कासँग हामिले संघको आगामि निर्वाचनको विषयमा रहेर छोटो संवाद गरेका छौं ।:

१) तपाईको रोजाई महासचिव पद नै किन ?

कोहलपुर उद्योग बाणिज्य संघको यहि फागुन २२ गते हुन गईरहेको निर्वाचनमा मैले बिष्णु प्रसाद खनाल नेतृत्वको साझा समावेशी व्यवसयाी समुहबाट महासचिव पदमा उम्मेदवरी दिएको छु । खास गरि कोहलपुर उद्योग बाणिज्य संघसँग व्यवसायीका थुप्रो गुनासाहरु छन । संघ व्यवसायीको हितमा खरो उत्रन सकेन की भन्ने व्यवसायीको मनमा प्रश्न पैदा भएको छ । हामी व्यवसायीको हितकालागी जन्मीएको संस्थालाई व्यवसायीक हित अनुकुल संचालन गर्न र सम्पुर्ण व्यवसायीलाई कोहलपुर उद्योग बाणिज्य संघ मेरो अभिभावक संस्था हो भन्ने भावना पैदा गराउने दायित्यबोध गराउनका लागी मैले महासचिव पदमा उम्मेदवारी दिएको छु ।

२) महासचिवको हैसियतले तपाईको व्यवसायीक एजेण्डा के-के हुन ?

व्यवसायीका एजेण्डाहरु अनगिन्ती छन, हामि कति गर्न सक्छौ भन्ने हो । मुख्य रुपमा हाम्रो समुहले र मैले उठाएका एजेण्डा भनेको बाणिज्य संघलाई व्यवसायी मैत्री बनाउनु पर्छ भन्ने नै हो । भारतिय सिमा बाजरका कारण पिल्सीएका कोहलपुर बजारका व्यवसायीको हितका लागि उपभोक्त शिक्षा मार्फत स्वदेश बस्तु र उत्पादन बारे प्रबद्धन गर्ने, कर शिक्षा बारे बाणिज्य संघले नियमीत हेल्प डेस्क चलाउने, कोरोना काहरका कारण धारासायी भएको सबैखाले व्यवसायलाई संरक्षण र प्रबद्र्धन गर्ने, घरबेटी र व्यवसायी बिच देखिने घरबाहाल समस्या समाधानका लागि नितिगत व्यवस्था गर्ने, फुटपाथमा व्यवसाय गर्ने साना व्यवसायीलाई उचित स्थानमा बजार व्यवस्थापन गर्ने, बैजनाथमा निर्माण हुन लागेको औधोगिक क्षेत्र छिटो निर्माणकालागी पहल गर्ने र कोहलपुर क्षेत्रमा उद्योग स्थापना र संचालनमा प्रोत्साहन, समग्र राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुग्ने गरि यस क्षेत्रमा रहेका साना लघु उद्याम तथा ठुला उद्योगहरुको बिकाश, बिस्तार र संरक्षण गदै नयाँ उद्योग स्थपनामा जोड दिने र सोका लागि अवश्यक पहल गर्ने र कोहलपुरलाई औधोगिक ग्रामको रुपमा बिकास गदै लघु तथा घरेलु उद्योग क्षेत्रका रुपमा बिकास गर्ने योजना छ ।

३) खास गरि कोहलपुर उद्योग बाणिज्य संघको नेतृत्वको लागी गैरराजनैतिक चलखेलहरु भए, निर्वाचनको मिती एक हप्ता रहँदासम्म पनि नयाँ सदस्या थप्ने र नेतृत्व आफ्नो हातमा पार्ने होडबाजी भयो भन्ने छ नी ?

यो चाँही दुखद कुरा हो । बाणिज्य संघमा नयाँ सदस्यताका लागि सधै खुल्ला राख्नु पर्ने भएपनि भोटीङ राईटका लागि निश्चित अवधि राख्नु पर्ने देख्छु म । कम्तीमा ६ महिना देखी १ वर्ष पहिले सदस्य बनेकाहरु मात्रै निर्वाचनमा सहभागि हुन पाउने व्यवस्था गर्नुपर्छ । जसले स्वच्छ व्यवसायीक प्रतिस्प्रर्धा होस र व्यवसायी हित अनुकुलको नेतृत्व आउने अवस्था रहन सक्छ । खास गरि बाणिज्य संघको नेतृत्व ब्यवसायीको हित अनुकुन नहुदा पनि व्यपारीले संघको सदस्यता नबिकरणमा चासो नदिने गरेको पाईएको छ । हामिले संस्थालाई व्यवसायी हित अनुकुलको बनायो भने अन्तिस समयमा नबिकरण गर्ने र नयाँ सदस्य बन्ने अवस्थाको अत्य हुन्छ र व्यवसाय सुरु गर्ने बित्तिकै संघको सदस्य बन्ने र हरेक आर्थिक वर्षमा नबिकरण गर्ने बातावरण बन्छ । चुनवाको अन्तिममा नयाँ फर्म दर्ता गर्ने होडवाजी हुनु गलत हो ।

४) बाणिज्य संघको मुख्य जिम्मेवरी मेला महोत्सव लागाउने मात्रै हो भन्ने बुझाई छ नि ?

खासगरी मेला महोत्सव स्थानिय व्यवसायीको हितमा हुदैनन् भन्ने मेरो बुझाई छ । मेला महोत्वसवहरु, उपभोक्ता शिक्षा, नया बस्तु तथा सेवा बारे जानकारी लिन दिनहुनु पर्ने हो । तर त्यसो नभएर बाहिरका व्यवसायीले कपडा बिक्रि गर्ने र रमाईलो मेलाका रुपमा संचालन हुने गरेकाले मेला संघको प्रथमिकता भित्र पदैन । हाम्रो कार्यकालमा बस्तुगत व्यवसायीको सुझाव बेगर र स्थानिय व्यवसायीको हित बिपरीत मेला संचालन गर्नुहुदैन भन्ने मेरो मत छ । खास गरि औद्योगिक प्रदर्शनी र बस्तु तथा सेवा बारे जानकारी दिने गरि मात्रै मेला लगाउन सकियो भने ठिकै हुन्छ अन्यथा व्यवसायीक हित अनुकुल हुदैन ।

५) कोहलपुरको समग्र बिकासकालागि तपाईको कस्तो भुमिका रहन्छ ?

बिष्णु खनाल नेतृत्वको हाम्रो कार्यकाल कोहलपुरको व्यवसायीक ईतिहासमा स्वर्णिम काल हुने हामीले घोषणा गरेका छौं । हामि हतारीएर नेतृत्व लिने भन्दा निरन्तर व्यवसायीक क्षेत्रमा क्रियासील रहेर मात्रै नेतृत्व तहमा जाने अपेक्षा राखेका छौ । हामि कोहलपुरलाई औद्योेगिक ग्रामका रुपमा बिकास गर्न, व्यवसायीक सुरक्षा र संरक्षण हुने स्थलको रुपमा बिकास गर्न र समाजिक उत्तर दायित्व सहितको व्यवसायीक क्षेत्र निर्माण गर्ने अभियानमा छौ । हाम्रो कार्यकाल कोहलपुर उद्योग बाणिज्य संघको ईतिहासमा स्वर्णिम कालका रुपमा चित्रित हुने छ ।

६) अन्यतमा केही भन्नु छ ।

कोहलपुर उद्योग बाणिज्य संघलाई व्यवसायी मैत्रि बनाउका लागि हामी बिष्णु प्रसाद खनाल नेतृत्वको प्यानलबाट चुनावी मैदानमा छौ । सबै खाले व्यवसायमा आवद्ध व्यवसायीको यस टिमलाई अमुल्य मत दिएर अत्याधिक मतका साथ बिजयी गराउनु हुनेछ भन्ने अपेक्षा छ । खास गरी कोहलपुरको उद्योग र व्यवसाय क्षेत्रको सम्वद्धन र प्रबद्र्धन गर्नका लागि हाम्रो टिमको जित अनिवार्य छ । हामि साँच्चै केहि फरक गर्ने सोचका साथ चुनावी मैदनमा छौ । तपाईको मायाको खाँचो छ । हामि कोहलपुर उद्योग बाणिज्य संघलाई वास्तवमै व्यवसायी मैत्री बनाएरै छाड्ने छौ ।

  • २० फाल्गुन २०७७, बिहीबार १४:०३ प्रकाशित
  • Nabintech