६ जेष्ठ २०८१, आईतवार
उपभोक्ता ठग्ने बाँकेका ९ फर्म कारवाहीमा
  • काँचुली खबर

उपभोक्ताको हित विपरित काम गर्ने बाँकेका ९ फर्म कारबाहीमा परेका छन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बाँकेको नेपालगन्जमा अनुगमन गर्दा यहाँका आम नागरिक ठगिदै गएको खुलेको छ ।

विभाग अन्तर्गत उपत्यका बाहिरका पाँच कार्यालयले सात महिनामा बाँकेका नौसहित एक सय ६५ वटा व्यावसायिक फर्मलाई कारबाही गरेको छ । उपभोक्ता हित विपरितको काममा संलग्न रहेका ती फर्मलाई जरिवाना गरिएको छ ।

आर्थिक जरिवाना बापत ४६ लाख २३ हजार रूपैयाँ राजश्व संकलन भएको पनि विभाग बताउँछ । उपत्यका बाहिरका पाँच जिल्लामा चालु आर्थिक वर्षमा उक्त कारबाही गरिएको र विभागका प्रवक्ता शिवराज सेडाइँ बताउँछन ।

जसमा विभाग मातहतका बाँके, मोरङ, पर्सा, रुपन्देही र कैलाली जिल्लामा उपभोक्ता संरक्षण ऐन अन्रगत अनुगमन गरिएको छ । साउनदेखि पुस माघममान्तसम्म नौ सय ९० वटा व्यावसायिक फर्म तथा कम्पनीमा अनुगमन गरिएको थियो ।

बाँकेका नौसहित मोरङका १२, पर्साका १ सय ०२, र कैलालीका ४२ वटा कम्पनीलाई कारवाही गरिएको छ । अनुगमनका क्रममा फेला परेका ४६ लाख २३ हजार रुपैयाँ बराबरको अखाद्य वस्तु नष्ट गरिएको, १० वटा फर्मको कारोबार रोक्का राखिएको र २७ वटा फर्म तथा कम्पनीलाई स्पष्टीकरण सोधिएको छ ।

  • १९ फाल्गुन २०७७, बुधबार १९:२९ प्रकाशित
  • Nabintech